जर्मनीका राजदुतले भेटे स्वास्थ्यमन्त्री : जेनेरिक औषधिको गुणस्तरीय उत्पादनबारे छलफल   « Khabarhub

जर्मनीका राजदुतले भेटे स्वास्थ्यमन्त्री : जेनेरिक औषधिको गुणस्तरीय उत्पादनबारे छलफल  


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उदो युजेन भोल्ज बीच शिष्टाचार भेटवार्ता भएको छ । 

बिहीबार मन्त्रालयमा भएको भेटमा दुई देशबीच स्वास्थ्य क्षेत्रको द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने लगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उक्त भेटवार्तामा  स्वास्थ्य बीमा प्रणालीलाई सुदृढ बनाउने, जेनेरिक औषधिको गुणस्तरीय उत्पादन, स्वास्थ्य क्षेत्रमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रवर्द्धन गर्ने, साथै डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ता प्रयोगमार्फत स्वास्थ्य बीमा दाबी व्यवस्थापन गर्ने, स्वास्थ्य पूर्वाधार विकास गर्ने  लगायत विषयमा सहयोग गर्ने  बारे छलफल भएको छ । 

मन्त्री शर्माले संघीय गणतन्त्र जर्मनी सरकारले नेपालमा हालसम्म स्वास्थ्य क्षेत्रमा गरेका विभिन्न सहयोगहरूको स्मरण गर्दै सो सहयोगप्रति हार्दिक आभार व्यक्त गरेकी थिइन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ११ : २४ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को