जर्मनीका राजदुतले भेटे स्वास्थ्यमन्त्री : जेनेरिक औषधिको गुणस्तरीय उत्पादनबारे छलफल   « Khabarhub

जर्मनीका राजदुतले भेटे स्वास्थ्यमन्त्री : जेनेरिक औषधिको गुणस्तरीय उत्पादनबारे छलफल  


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उदो युजेन भोल्ज बीच शिष्टाचार भेटवार्ता भएको छ । 

बिहीबार मन्त्रालयमा भएको भेटमा दुई देशबीच स्वास्थ्य क्षेत्रको द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने लगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उक्त भेटवार्तामा  स्वास्थ्य बीमा प्रणालीलाई सुदृढ बनाउने, जेनेरिक औषधिको गुणस्तरीय उत्पादन, स्वास्थ्य क्षेत्रमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रवर्द्धन गर्ने, साथै डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ता प्रयोगमार्फत स्वास्थ्य बीमा दाबी व्यवस्थापन गर्ने, स्वास्थ्य पूर्वाधार विकास गर्ने  लगायत विषयमा सहयोग गर्ने  बारे छलफल भएको छ । 

मन्त्री शर्माले संघीय गणतन्त्र जर्मनी सरकारले नेपालमा हालसम्म स्वास्थ्य क्षेत्रमा गरेका विभिन्न सहयोगहरूको स्मरण गर्दै सो सहयोगप्रति हार्दिक आभार व्यक्त गरेकी थिइन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ११ : २४ बजे

टी-२० विश्वकपमा वेस्ट इण्डिजद्वारा स्कटल्याण्ड ३५ रनले पराजित

काठमाडौं- आईसीसी टी–२० विश्वकपअन्तर्गत दोस्रो खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई पराजित

सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित

काठमाडौं– जाइका अलमनाइ एसोसिएसन फोरम अफ सार्क कन्ट्रिजको अध्यक्षमा नेपाल

कांग्रेस देश बदल्ने अभियानमा छ, एक भएर निर्वाचनमा जुटाैँ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भाद्र २३ र २४

काठमाडौंमा दाङका कांग्रेस उम्मेदवारको समर्थनमा युवा भेला

काठमाडौं— फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीनवटै

नाइजेरियामा दुई आक्रमण, ३० जनाको मृत्यु

जोस– नाइजेरियाको मध्य क्षेत्रस्थित बेन्यु राज्यका दुई स्थानमा केही दिनको