बिडिसिए कपः एक दिवसीय क्रिकेट सुरु « Khabarhub

बिडिसिए कपः एक दिवसीय क्रिकेट सुरु


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बैतडी– प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट तथा बिडिसिए कपको २२औँ संस्करण आजदेखि सुरु भएको छ । 

क्रिकेट सङ्घको आयोजनामा दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा सुरु भएको प्रतियोगिता शुकरबार आयोजित एक समारोहकाबीच उद्घाटन गरिएको हो ।

प्रतियोगिताको उद्घाटन दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशीले गरे । समारोहमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, विभिन्न सुरक्षा निकायका प्रमुख, दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदी, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष रमेश बोहरालगायतको उपस्थिति रहेको क्रिकेट सङ्घका उपाध्यक्ष लोकराज जोशीले जानकारी दिए ।

उद्घाटन समारोहपश्चात् अहिले एनआरवासी र त्रिपुरा क्रिकेट क्लब खेलिरहेका छन् । बाह्र टोली सहभागी प्रतियोगिताको फाइनल खेल आगामी मङ्सिर ५ गते हुने क्रिकेट सङ्घका सचिव सिद्धराज कोकटीले जानकारी दिए । प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० रुपैयाँ हजार पुरस्कार पाउनेछन् ।

त्यस्तै म्यान अफ द सिरिजलाई१० हजार रुपैयाँ, बेस्ट बलर र बेस्ट ब्याटरलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एक हजार रुपैयाँ पुरस्कारको समेत व्यवस्था गरिएको छ । 

खेलाडी उत्पादन र क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको आयोजना गरिएको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताए । 

गत वर्ष सम्पन्न २१औँ संस्करणको बिडिसिए कप जिल्लास्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन रणसैनी युवा क्लब (एनआरवाइसी) ले जितेको थियो । रासस

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १ : ३० बजे

राष्ट्रपति पौडेलले गरे नवदुर्गा मन्दिरमा पूजाअर्चना

भक्तपुर- राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा

पाकिस्तानका पूर्वकप्तान उल हकको नेतृत्वमा सुदूरपश्चिम : को-को छन् कोचिङ स्टाफ ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सले

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर– कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै देखिएपछि

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर