फागुन २१ को चुनावमा बहुमत ल्याउने रास्वपाको योजना अर्याल भन्छन् : योग्य नेतृत्व भए सम्भव छ « Khabarhub

फागुन २१ को चुनावमा बहुमत ल्याउने रास्वपाको योजना अर्याल भन्छन् : योग्य नेतृत्व भए सम्भव छ


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो मुख्य अर्जुनदृष्टि फागुन २१ को निर्वाचनबाट बहुमतको सरकारमा लगाउनुपर्ने जनाएको छ।

पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकलाई चितवनको सौराहामा राजनीतिक प्रतिवेदन पेश गर्दै रास्वपाले आफ्ना नीति कार्यक्रम र संगठनात्मक गतिविधि यसैतर्फ निर्देशित गर्नुपर्ने बताएका छन्।

‘पार्टीका प्रत्येक सदस्य, प्रत्येक समिति र प्रत्येक निर्णयले आगामी चुनावमा कसरी रास्वपालाई अझ बलियो बनाउन सक्छ भन्ने कुरामा केन्द्रमा राख्नुपर्छ । जनताका मुद्दा सशक्त उठाउने संगठनलाई जनस्तरसम्म पुर्‍याउने र सक्षम तथा जनमुखी उम्मेदवार तयार गर्ने जस्ता कार्यमा योजनाबद्ध रुपमा सक्रिय हुनुपर्छ’, उनले भनेका छन् ।

राजनीतिक प्रतिवेदनमा उनले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले आफूलाई केवल विरोधका लागि मात्र नभई देश विकास र सुशासनमा वैकल्पिक शक्ति बन्नुपर्ने उल्लेख गरेका छन् ।

उनले त्यसका लागि चुनावी सफलता अपरिहार्य रहेको बताएका छन्। ‘यसले गर्दा मात्र पार्टीले संसद्मा प्रभाव बढाउन सक्छ’, उनी भन्छन्, ‘त्यसो भए पार्टीले नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । अन्तत: जनताले चाहेको र खोजेको नतिजासम्म पुर्‍याउन सक्छ।’

राजनीतिक प्रतिवेदनमा लामो समयदेखि सरकारमा देखिएको अस्थिरताको समस्याले विकास र सुशासनमा बाधा पुर्‍याएको बताइएको छ।

अब स्पष्ट बहुमतको सरकारले नीतिगत स्थिरता दिने भएकाले बारम्बार सरकार परिवर्तनको खेललाई त्यसले अन्त्य गर्ने दाबी पनि अर्यालले गरेका छन् ।

‘रास्वपालाई जनताले नयाँ विकल्पका रुपमा ठूलो आशा राखेका छन् । बहुमतको सरकार बनाएर जनताको आशा पूरा गर्नुपर्छ’, उनले राजनीतिक प्रतिवेदनमा भनेका छन्, ‘बहुमतको सरकार जनताप्रति पूर्ण जवाफदेही हुन्छ । आफ्ना चुनावी प्रतिबद्धता पूरा गर्न बाध्य हुन्छ ।’

अर्यालले रास्वपाले स्पष्ट बहुमतको सरकार बनाउनु भनेको देशमा राजनीतिक स्थिरता कायम गर्दै विकास र सुशासनको नयाँ युगको सुरुवात हुनु हो भनेर प्रतिवेदनमा लेखेका छन् ।

प्रतिवेदनमा बहुमतको सरकार बनाउन पार्टीले बलियो संगठन स्पष्ट नीति प्रभावकारी सञ्चार र योग्य नेतृत्वसहित चुनावको तयारी गर्नुपर्ने पनि उनले उल्लेख गरेका छन् ।

राजनीतिक प्रतिवेदन

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  २ : २८ बजे

बालबालिकालाई डरमुक्त गराउने मजिपा लाखे

काठमाडौँ – रातो अनुहार, अग्लो कपाल, डर लाग्दो स्वरूप र

अर्थमन्त्री वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडाैँ – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।