अध्यक्ष चन्दले भने- क्रिकेटको स्वर्णिम युग सुरु भयो « Khabarhub

अध्यक्ष चन्दले भने- क्रिकेटको स्वर्णिम युग सुरु भयो


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भजनी– नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटको स्वर्णिम युग सुरु भएको बताएका छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी टुरका क्रममा कैलालीको टीकापुर उद्यानमा भएको ट्रफी टुरको शुभारम्भ कार्यक्रममा अध्यक्ष चन्दले पछिल्लो समयमा नेपालमा लोकप्रिय खेलका रूपमा क्रिकेट उदाएको बताए । 

‘यो क्रिकेटको स्वर्णिम युग हो । यसभन्दा पहिले नेपाली क्रिकेट यो उचाइमा कहिल्यै पुगेको थिएन,’ उनले भने, ‘यो अवस्थासम्म पुग्नका लागि नेपाली क्रिकेटलाई माया गर्ने क्रिकेट प्रेमीको महत्त्वपूर्ण हात छ ।’ 

नेपाललाई विश्वमा चिनाउनका लागि क्रिकेटले विशेष भूमिका खेलेको उल्लेख गर्दै अध्यक्ष चन्दले विश्वभरबाट माया र सहानुभूति पाइरहेको बताए ।

नेपाल प्रिमियर लिग (एनपीएल)ले क्रिकेटलाई थप बलियो बनाएको भन्दै उनले खेलाडीहरूलाई व्यावसायिक बनाउनमा मद्दत गर्दै गएको उल्लेख गरे । 

‘अहिले क्रिकेट सबैभन्दा बढी लोकप्रिय खेल बनेको छ । यसमा हामीलाई गर्व महसुस हुन्छ,’ अध्यक्ष चन्दले भने, ‘एनपीएल सुरु भएपछि झन् क्रिकेट खेलाडी उत्पादन हुने क्रम बढ्दै गएको पाइन्छ । यो खुसीको कुरा हो ।’ 

खेलकुदका क्षेत्रमा सधैँ सुदूरपश्चिम अग्रपङ्क्तिमा देखिने गरेको बताउँदै अध्यक्ष चन्दले हरेक खेलमा सुदूरपश्चिमका खेलाडीको प्रतिनिधित्व सबैभन्दा बढी देख्न पाइने गरेको बताए। 

टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारूले एनपीएलको सुदूरपश्चिम ट्रफी टुर सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित टीकापुर उद्यानबाट सुरु गर्नु ऐतिहासिक कदम भएको बताए । उनले ट्रफी टुरले टीकापुर उद्यानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन थप मद्दत मिल्ने विश्वास व्यक्त गरे ।

सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्रप्रताप शाहले २०२७ सालमा तत्कालीन राजा महेन्द्र शाहले एक महिना देशको शासन व्यवस्था चलाएको ऐतिहासिक उद्यानको महेन्द्र विश्रामगृहको भवनअगाडि बाट एनपिएल ट्रफी टुरको शुभारम्भ गरिएको बताउँदै उनले यसैगरी छिट्टै पुनः ट्रफी जितेर विजयोत्सव मनाउन फर्किने विश्वास व्यक्त गरे । 

क्रिकेटप्रति युवाहरूको आकर्षण बढ्दै गएको भन्दै उनले आवश्यकता योजनासहित क्रिकेट मैदानका लागि स्थानीय सरकारले काम थालनी गर्दा त्यसमा आफ्नोतर्फबाट लगानी गर्न तयार रहेको बताए ।

‘खेलाडी उत्पादन हुने थलो स्थानीय तह हो । स्थानीय सरकारले मैदानका लागि आवश्यक व्यवस्था गर्न सक्यो भने त्यसमा हामी लगानी गर्न तयार छौँ,’ उनले भने । टुर ट्रफी कैलालीलगायतका सुदूरपश्चिमका विभिन्न स्थानमा पुर्‍याइने बताइएको छ । रासस
 

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ३ : ०५ बजे

गणेश नेपालीको परिवारलाई मोहन बस्नेतले दिए एक लाख सहयोग, दिए छोरीलाई पढाउने आश्वासन

काठमाडौं- नेपाली कांग्रेसका नेता मोहन बस्नेतले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै

पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह

इस्लामावाद- पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक दारले अमेरिका र इरानलाई

३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालय सञ्चालकहरूको माग (संयुक्त विज्ञप्तिसहित) 

काठमाडौं– निजी विद्यालय सञ्चालकहरूका विभिन्न संस्थाहरूले सरकारले लगाउँदै आएको ३

कतारका पूर्वअमिरको निधन

काठमाडौं- कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको निधन

राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव

काठमाडौं– काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय वर्षौंदेखि