डीपीको प्रस्ताव : फागुनको चुनावलगत्तै पार्टीको पहिलो महाधिवेशन गरौँ (प्रतिवेदनको पूर्णपाठ) « Khabarhub

डीपीको प्रस्ताव : फागुनको चुनावलगत्तै पार्टीको पहिलो महाधिवेशन गरौँ (प्रतिवेदनको पूर्णपाठ)


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले निर्वाचनलगत्तै पार्टीको पहिलो महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

उनले यो प्रस्ताव शुक्रबारदेखि चितवनको सौराहामा सुरू भएको केन्द्रीय समितिको विस्तारित बैठकमा प्रस्तुत गरेका हुन्।

विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले भनेका छन, ‘फागुनमा चुनाव भए लगत्तै महाधिवेशन गर्ने योजनामा यस विस्तारित बैठकले केन्द्रीय समितिलाई मूर्त र व्यावहारिक सुझाव दिने मेरो अपेक्षा छ।’

प्रतिवेदनमा अगाडि भनिएको छ,‘महाधिवेशनको निर्देशनले नै हामीलाई राष्ट्रिय राजनीतिमा अझ परिपक्क र जिम्मेवार शक्तिका रुपमा स्थापित गर्न मद्दत गर्छ। परिस्कृत नीति विचार र निर्वाचित नेतृत्वको आगमनले पार्टीलाई गतिशील बनाउँछ । समयको मागअनुसार आफूलाई परिमार्जन गर्न सक्षम बनाउँछ। त्यसैले चुनावलगत्तै महाधिवेशन गरी पार्टीलाई थप व्यवस्थित र सुदृत प्रभावकारी बनाउन आवश्यक छ।’

पार्टीले २०८१ असोज १ र २ गते काठमाडौंमा भएको राष्ट्रिय भेलाबाट २०८२ वैशाख २५ र २७ मा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको थियो।

तर सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जेल चलान भएपछि अर्को केन्द्रीय समितिले फागुन ७ देखि ९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो।

फागुनको दोस्रो साता २१ गते निर्वाचनको मिति घोषणा भएपछि रास्वको पहिलो साता महाधिवेशन गर्ने समय फेरिएको हो।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ३ : २० बजे

गणेशमानलाई केआई सिंहको व्यंग्य- ‘कोपारा चोर पार्टीको त्यो पिलन्धरेलाई भोट किन दिने ?’

एउटा मानिस नक्कली नोट छाप्ने काम गर्थ्यो । पैसा छाप्दाछाप्दै

भोजपुरको भुल्केमा जलाधार क्षेत्र संरक्षण अभियान

भोजपुर– मानवीय क्रियाकलाप र जलवायु परिवर्तनका असरका कारण सुक्दै गएका

होली पर्वले मुलुकलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा (होली) पर्व राष्ट्रिय एकता,

‘पोस्टरमा टाउको बिक्ने’ राजेशको त्यो समय, अहिले हल खाली

काठमाडौं – चुनाव आउन तीन दिन बाँकी छ । देश

प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर’ कार्यक्रम

बाँके– नेपालगञ्ज उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालित ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी