दाङमा करिब एक हजार सात सय मतदाता थपिए « Khabarhub

दाङमा करिब एक हजार सात सय मतदाता थपिए


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– यहाँ एक महिनामा एक हजार ७०० मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि सुरु भएको नयाँ मतदाता नामावली दर्ता तथा अद्यावधिकमा सो सङ्ख्यामा नयाँ मतदाता थपिएका हुन् ।

गत असोज १२ गतेदेखि सुरु भएको मतदाता नामावली दर्ता तथा अद्यावधिकमा बिहीबारसम्म एक हजार ६८० जना नयाँ मतदाता थपिएका हुन् ।

यो सङ्ख्या न्यून रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए । ‘यो निकै न्यून सङ्ख्या हो, अहिले जिल्लाबाट मात्रै मतदाता नामावली दर्ताको काम भइरहेको छ’, उनले भने, ‘त्यसले पनि दर्ता गर्ने कम भएका हुन सक्छन् ।’ हालसम्म ५९४ महिला र १०८६ जना पुरुषले मतदाता नामावली दर्ता गरेको जनाउँदै उनले दर्ता गराउनेमध्ये अधिकांश १६ देखि २५ वर्ष उमेर समूहका रहेका बताए ।

यसअघि २०७९ सालमा भएको प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहको निर्वाचनको तयारीका बेला दैनिक कम्तीमा पनि ५०० भन्दा बढीले नामावली दर्ता गराउने गरेका स्मरण गर्दै कुँवरले यस पटक एक महिनामा दुई हजार पनि नपुगेको बताए । जिल्ला प्रशासनमा नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउने भने घुइँचो लागेको उनको भनाइ छ । 

राजनीतिक दलहरू पनि यस पटक मतदाता दर्ता अभियानमा सक्रिय नभएकाले दर्ता हुनेको सङ्ख्या कम देखिएको सूचना अधिकारी कुँवरले बताए । उनका अनुसार यही कात्तिक ३० गतेसम्म नामावली दर्ता र अद्यावधिक गर्ने मिति तय भएको छ । 

दाङमा हाल तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । अहिले कूल मतदाता सङ्ख्या चार लाख १६ हजार ७३५ पुगेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । तीमध्ये दुई लाख ११ हजार ७१६ महिला, दुई लाख पाँच हजार १७ पुरुष र अन्य दुई जना मतदाता रहेका छन् ।  रासस

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ३ : २९ बजे

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

काठमाडौं – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको

फ्रान्सेली राजदूतले प्रधानमन्त्री बालेनलाई भेटेर दिइन् राष्ट्रपति म्याक्रोनको सन्देश

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेकोमा नेपालका लागि फ्रान्सेली राजदूत

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा

सिरहा नगरपालिकाका प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

सिरहा – यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध