भारी हिमपातका कारण मुस्ताङ-डोल्पा सडक १० दिनदेखि अवरुद्ध « Khabarhub

भारी हिमपातका कारण मुस्ताङ-डोल्पा सडक १० दिनदेखि अवरुद्ध


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– मुस्ताङ-डोल्पा सडक विगत १० दिनदेखि अवरुद्ध बनेको छ । भारी हिमपातका कारण उक्त सडक अवरुद्ध भएको हो । 

सडक डिभिजन कार्यालय मुस्ताङले मुस्ताङ-डोल्पा सडक अन्तर्गत मुस्ताङको पाक्लिङदेखि साङ्ता गाउँ हुँदै डोल्पा जाने सडक छुकसम्वसम्म विस्तार भइसकेको छ । 

उपल्लो डोल्पाका नागरिकलाई मुस्ताङको जोमसोम आएर मालसामान ढुवानी गर्न तथा पोखरा-काठमाडौँ आउजाउ गर्न डोल्पा सदरमुकाम दुनैभन्दा छोटो मार्गका रूपमा लैजान सडक डिभिजन कार्यालय बागलुङले मुस्ताङ-डोल्पा सडक स्तरोन्नति तथा नयाँ ट्रयाक खोलेको हो । 

यसैगरी, मुस्ताङबाट मालसामान उपल्लो डोल्पा पुर्‍याउन तथा मुस्ताङीलाई भेडाच्याङ्ग्रा र याकचौँरी ल्याउनसमेत मुस्ताङ-डोल्पा सडक विस्तार गरिएको थियो ।

समुन्द्री सतहको चार हजार मिटर उचाइबाट विस्तार गरिएको मुस्ताङ-डोल्पा सडक भारी हिमपातका कारण सडक अवरुद्ध भएको वारागुङ मुक्तिक्षेत्र-५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए । 

सडक अवरुद्धका कारण जोमसोमदेखि छुकसम्वसम्म मालवाहक तथा सवारीसाधन लैजान सकिएको छैन ।  मुस्ताङ-डोल्पा सडकको हिउँ पन्छाएर सडक सञ्चालन गर्न सडक डिभिजन कार्यालय बाग्लुङसँग माग गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिए  ।

यसैगरी एक साताअघि परेको भारी हिमपातका कारण मुस्ताङ र डोल्पाको सीमावर्ती गाउँ साङ्तामा एक सातादेखि विद्युत् र इन्टरनेट सेवाका साथै मोबाइल फोन सेवा अवरुद्ध भएको त्यहाँका वडा सदस्य छिरिङपाल्साङ गुरुङले जानकारी दिए । 

साङ्ता गाउँमा एक वर्षअघि गाउँपालिकाको समन्वयमा त्यहाँ रहेका १३ घरधुरीलाई  वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सोलार जडान गरी विद्युतीकरण गरेको थियो । 

कृषि र पशुपालन व्यवसायमा आश्रित त्यहाँका नागरिक बर्खाको आठ महिना गाउँमै बस्छन् भने हिउँदको चार महिना फल्याक, जोमसोमलगायतका स्थानमा जाडो छल्ने गर्छन् । रासस 
 

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ३ : ३५ बजे

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

काठमाडौं – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको

फ्रान्सेली राजदूतले प्रधानमन्त्री बालेनलाई भेटेर दिइन् राष्ट्रपति म्याक्रोनको सन्देश

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेकोमा नेपालका लागि फ्रान्सेली राजदूत

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा

सिरहा नगरपालिकाका प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

सिरहा – यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध