‘जारी २’को प्रिमियर हेरेर कुन कलाकारले के भने ? « Khabarhub

‘जारी २’को प्रिमियर हेरेर कुन कलाकारले के भने ?


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी २’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । यो फिल्मको बिहीबार साँझ कमलपोखरीस्थित एक हलमा प्रिमियर गरिएको थियो ।

फिल्ममा फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरू र अतिथिको उपस्थिति थियो । रेड कार्पेट प्रिमियरमा फिल्मका शीर्ष कलाकार नायक दयाहाङ राई र मिरुना मगरले च्याब्रुङ पनि नाचेका थिए ।

प्रिमियर हेर्ने कलाकारले फिल्मलाई रुचाएको पाइएको छ । नायक प्रवीण खतिवडाले ‘जारी’ भन्दा ‘जारी २’ मन परेको प्रतिक्रिया दिए ।

उनले भने, ‘जारी भन्दा जारी २ राम्रो लाग्यो । जारीमा भएका कमीकमजोरी यसमा दोहोरिएनछन् । उपेन्द्र दाई प्रेम प्रस्तुत गर्न माहिर हुनुहुन्छ । जनयुद्ध पनि जोडिएको छ । अहिलेको राजनीतिक घटनाक्रम हेर्दा मिठो राजनीतिक घोचपेच जस्तो पनि लाग्यो ।’

माओवादी सशस्त्र संघर्षको घटना फिल्ममा समावेशले फिल्मलाई थप राम्रो बनाएको नायिका पूजा चन्दको प्रतिक्रिया छ । उनले थपिन्, ‘फिल्म एकदमै राम्रो छ । विशेषतः लिम्बू संस्कृतिको कथा हेर्दा म फरक अर्कै स्थानमा पुगेको महसुस भयो ।’

फिल्म राम्रो बनेको भन्दै चन्दे हलमा पुगेर ‘जारी २’ हेरिदिन दर्शकलाई आग्रहसमेत गरिन् ।

नायिका केकी अधिकारीले भने ‘जारी’ दोहोर्‍याएर हेरेको स्मरण गरिन् । ‘जारी’मा पाएको सरलता र सुन्दरता ‘जारी २’मा पनि भेटिएको उनको प्रतिक्रिया छ ।

उनले भनिन्, ‘कलाकारहरूले राम्रो अभिनय रहेको छ । जारी मैले दोहोर्‍याएर हेरेको फिल्म हो । त्यही सरलता र सुन्दरता जारी २ मा पनि पाएँ ।’

पूजा र केकीको अभिनय रहेको फिल्म ‘परान’ उच्च अकुपेन्सीका र सकारात्मक प्रतिक्रियाका साथ हलमा चलिरहेको छ । त्यही हलमा हल भिजिट सकेर उनीहरू प्रिमियरमा सहभागी भएका हुन् ।

नायक विपिन कार्कीले पनि फिल्म मन परेको प्रतिक्रिया दिँदै कलाकारको अभिनयको प्रशंसा गरे । भने, ‘सबै कलाकारको उत्कृष्ट काम, सबै पक्ष मन पर्‍यो ।’

कलाकार कुमार कट्टेल जिग्रीले ‘जारी २’लाई लिम्बू संस्कृति सुन्दर ढंगले प्रस्तुत गरेको फिल्मको संज्ञा दिए ।

कलाकार दिव्य देव पन्तले ‘जारी २’लाई मन छुने फिल्म भने ।

‘जारी २’ को उपेन्द्रको डेब्यू निर्देशनमा बनेको ‘जारी’को सिक्वेल हो । ‘जारी २’ ०८० मा प्रदर्शनमा आएको ब्लकबस्टर फिल्म हो ।

‘जारी २’ नायक विजय बरालको भूमिका लामो पारिएको छ । साथै, फिल्ममा अर्की नायिका ऋचा शर्माको प्रवेश भएको छ ।

उपेन्द्रको कबड्डी फिल्मस् र निर्देशकसमेत रहेका रामबाबु गुरुङको बाँसुरी फिल्स्को सहकार्यमा यो फिल्म बनेको हो । निर्माता भने गुरुङ हुन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ३ : ५४ बजे

स्पेसएक्सको ‘स्टारशिप’ रकेट पहिलोपटक पृथ्वीको कक्षमा पठाउने तयारी

एजेन्सी– एलन मस्कको एरोस्पेस तथा रक्षा कम्पनी स्पेसएक्सले आफ्नो विशाल

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– प्रतिनिधिसभा आजको आकस्मिक समयमा भाग लिने सांसदहरुले पछिल्लो वर्षासँगैको

प्रचण्ड भन्छन्- विना कारण विशिष्ट व्यक्तिलाई पक्राउ गरिरहे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विना कारण

इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त

काठमाडौं– इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त भएका छन्

आन्तरिक माग सुस्त हुँदा चीनको औद्योगिक नाफा वृद्धिमा गिरावट

एजेन्सी– आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विस्तारका कारण प्रविधि उत्पादन