जेन-जी आन्दोलनबारे रास्वपाले भन्यो- अप्रत्याशित र आश्चर्यजनक दुवै होइन « Khabarhub

 जेन-जी आन्दोलनबारे रास्वपाले भन्यो- अप्रत्याशित र आश्चर्यजनक दुवै होइन


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले जेन-जी आन्दोलन शासकीय अनैतिकता र असक्षमताको परिणाम रहेको बताएको छ ।  उसले यो आन्दोलन अप्रत्याशित र आश्चर्यजनक दुवै नभएको टिप्पणी समेत गरेको छ । 

रास्वपाले ढिँडो चाँडो यस्तो हुनसक्ने भन्ने आशंका गरेको उल्लेख गर्दै रास्वपाले  सरकारलाई निरन्तर सचेत गराएको तर दम्भ र घमन्ड देखाउँदै गएपछि नागरिकमा रहेको आक्रोश चुनिँदै विस्फोट भएको उल्लेख गरेको छ ।

जेन-जी आन्दोलन हुनुको पाँच सारसंक्षेप तयार पार्दै रास्वपाले दलीय सिन्डिकेट राज्यदहन र भ्रष्टाचार कुशासनका कारण यस्तो घटना घटेको उल्लेख गरेको छ । 

‘भदौ २३ गतेको जेन-जी आन्दोलन र २४ गतेको विध्वंसात्मक घटनापछि राष्ट्रिय राजनीति फरक मोडमा आएको छ तर यो मोड अप्रत्याशित र आश्चर्यजनक दुवै होइन किनकि ढिलो चाँडो यस्तो हुन सक्छ भन्ने आशंका थियो ।’ प्रतिवेदनमा भनिएको छ, ‘हामीले पनि निरन्तर सचेत गराउँदै आएका थियौँ संसदीय अङ्कगणितको बलमा शासकीय अहङ्कार दम्भ चुलिँदै गयो भने नागरिकमा चुलिँदै गएको आक्रोश विस्फोट हुन्छ।’

‘यत्रो अकल्पनीय घटनापछि पनि तत्कालीन सरकार नेतृत्व दलले सत्य स्विकार्नुको साटो आन्दोलनको भावना र म्यान्डेट बाहिर गएर गतिविधि गरिरहेको छ ।’ प्रतिवेदनमा भनिएको छ  ‘केही सहायक कारण घटनालाई समातेर वा अतिरञ्जित गरेर केही दल नेता आन्दोलनको खास कारण र सत्यको विषयान्तर गर्ने उद्धृत छन् । यो प्रविधि निरन्तर आगामी दिनका लागि घातक हुन सक्छ।’

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ३ : ४४ बजे

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

काठमाडौं – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको

फ्रान्सेली राजदूतले प्रधानमन्त्री बालेनलाई भेटेर दिइन् राष्ट्रपति म्याक्रोनको सन्देश

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेकोमा नेपालका लागि फ्रान्सेली राजदूत

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा

सिरहा नगरपालिकाका प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

सिरहा – यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध