ओलीको तिखो टिप्पणी : यो हाहुको सरकार हो, २-३ हजार केटाकेटीले डिस्कर्डमा भोट गरेर बनाए « Khabarhub

ओलीको तिखो टिप्पणी : यो हाहुको सरकार हो, २-३ हजार केटाकेटीले डिस्कर्डमा भोट गरेर बनाए


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की संविधान मिचेर प्रधानमन्त्री बनेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई असंवैधानिक र प्रतिगामीको संज्ञा दिएका ओलीले कसैले संविधान मिच्न नपाइने पनि बताए ।

एमालेको शिक्षा तथा मानवस्रोत विभागद्वारा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरे ।

‘पूर्वप्रधानन्यायाधीश भएको मानिस आफैँले संविधान मिचेर प्रधानमन्त्री हुनु गलत हो । यो भनेको सोझै असंवैधानिक, प्रगिगामी संविधान मिचुवा, हाहुको भरमा बनेको सरकार हो’, उनले भने ।

प्रधानन्यायाधीश भइसकेको मान्छे मानवअधिकार आयोगबाहेक अन्य कुनै ठाउँमा नियुक्त हुन नपाउने उनले तर्क गरे ।

पूर्वप्रधानमन्त्री ओलीले २-३ हजार केटाकेटीले डिस्कर्डमा जम्मा भएर भोटिङ गरेर कार्कीलाई प्रधानमन्त्री बनाएको टिप्पणी गरे । उनले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई हावाको भरमा बनेको हाहु सरकारको पनि संज्ञा दिएका छन् ।

अध्यक्ष ओलीले भदौ २४ गतेको आगजनी र तोडफोडको बलबाट बनेको सरकार संविधानअनुसार हुँदै नभएको जिकिर गरे । यो सरकारले लोकतन्त्र, संविधान र जनताको प्रतिनिधित्वसँग वैरभाव बोेको पनि ओली आरोप लगाएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ३ : ४७ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन