एमसीसीको काम गर्ने निर्माण व्यवसायी वा सेवा प्रदायकले आयकर बुझाउन नपर्ने | Khabarhub Khabarhub

एमसीसीको काम गर्ने निर्माण व्यवसायी वा सेवा प्रदायकले आयकर बुझाउन नपर्ने


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसनअन्तर्गत एमसिएन नेपालको काम गर्ने निर्माण कम्पनी वा सेवा प्रदायक कम्पनीले आयकर बुझाउन नपर्ने भएको छ ।

मन्त्रिपरिषद्ले आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरेर सो निर्णय गरेको बिहीबार राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

‘नेपाल सरकार, मन्त्रिपरिषद्ले आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपालमा शाखा दर्ता गरेर वा स्थायी संस्थापनको रूपमा दर्ता रहेका एमसीसी कम्प्याक्ट बमोजिम एमसिए–नेपालको काम गर्ने निर्माण वा सेवा प्रदायक कम्पनीको एमसीसी फन्डिङ (नेपालको योगदानसमेत) बाट आर्जित आयमा आर्थिक वर्ष २०८२/२३ को लागि आयकर छुट दिने निर्णय मिति २०८२/४/१८ मा गरेकोले यो सूचना प्रकाशन गरिएको छ’, सचिव घनश्याम उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ३ : ५७ बजे

जापानद्वारा दुई वर्षमा पहिलो पटक चीनमा समुद्री खाद्य निर्यात पुनः सुरु

टोकियो– दुई वर्षअघि फुकुसिमा दाइची आणविक ऊर्जा संयन्त्रबाट प्रशोधित रेडियोधर्मी

औषधि अभाव हुँदा सेवाग्राही मर्कामा

सिरहा– लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा तीन महिनादेखि स्वास्थ्य

टंकको ‘अशोक हार्दैछन्’ भन्ने स्ट्याटसबारे अशोक : दर्शकले हार्न दिनुभएन

काठमाडौं – ‘मन बिनाको धन’को प्रदर्शनको संघारमा राखेको स्ट्याटसबारे टंक

जङ्गली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरमा मानव–वन्यजन्तु द्वन्द्व पछिल्लो समय बढ्दै गएको छ ।

राजा फर्काउने आन्दोलनमा पनि उत्रिएका थिए नक्कली नागरिकताधारी तेन्जिन

काठमाडौं- भदौ २४ गतेको आन्दोलनमा पेस्तोल देखाएको कसुरमा पक्राउ परेका