एमसीसीको काम गर्ने निर्माण व्यवसायी वा सेवा प्रदायकले आयकर बुझाउन नपर्ने « Khabarhub

एमसीसीको काम गर्ने निर्माण व्यवसायी वा सेवा प्रदायकले आयकर बुझाउन नपर्ने


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसनअन्तर्गत एमसिएन नेपालको काम गर्ने निर्माण कम्पनी वा सेवा प्रदायक कम्पनीले आयकर बुझाउन नपर्ने भएको छ ।

मन्त्रिपरिषद्ले आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरेर सो निर्णय गरेको बिहीबार राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

‘नेपाल सरकार, मन्त्रिपरिषद्ले आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपालमा शाखा दर्ता गरेर वा स्थायी संस्थापनको रूपमा दर्ता रहेका एमसीसी कम्प्याक्ट बमोजिम एमसिए–नेपालको काम गर्ने निर्माण वा सेवा प्रदायक कम्पनीको एमसीसी फन्डिङ (नेपालको योगदानसमेत) बाट आर्जित आयमा आर्थिक वर्ष २०८२/२३ को लागि आयकर छुट दिने निर्णय मिति २०८२/४/१८ मा गरेकोले यो सूचना प्रकाशन गरिएको छ’, सचिव घनश्याम उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ३ : ५७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्