लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु « Khabarhub

लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । आज क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट बेँसीसहर आउँदै गरेको ग१ज ६३०६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सोही पालिका–१ बागलुङपानीमा कृति तामाङको छोरी दुई वर्षीय नेरिमा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्र क्षेत्रीले भने, ‘सो जिपको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि बेंसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल बेँसीसहरमा ल्याएको र उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको हो ।’

प्रहरीले जिप चालक बेँसीसहर–९ का २९ वर्षीय मदन दुलाललाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाएको छ । बालिकाको शव परीक्षण भइरहेको र परीक्षणपश्चात् परिवारलाई बुझाउने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ४ : १६ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै