लगानी, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न चिनियाँ व्यवसायीलाई मल्लको आग्रह  « Khabarhub

लगानी, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न चिनियाँ व्यवसायीलाई मल्लको आग्रह 


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले लगानी, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्यका लागि चिनियाँ व्यवसायीलाई आग्रह गरेका छन् । 

चाइनीज जनरल एसोसिएसन अफ इन्डस्ट्रीज एण्ड कमर्सका अध्यक्ष फान जियाओबोसँग भएको भेटवार्तामा निवर्तमान अध्यक्ष मल्लले नेपाल–चीन व्यापारिक सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउन सहकार्यको प्रस्ताव गरेका हुन् । 

भेटका क्रममा निवर्तमान अध्यक्ष मल्लले चीनसँगको व्यापारिक सम्बन्धलाई अझ सशक्त बनाउन कृषि, पूर्वाधार विकास, प्रविधिमैत्री र पर्यटन क्षेत्रमा सहकार्य हुनुपर्ने बताए । 

नेपालमा चिनियाँ लगानी र प्रविधि भित्र्याएर दीर्घकालीन व्यावसायिक साझेदारी मार्फत दुवै देशले लाभ लिन सक्ने निवर्तमान अध्यक्ष मल्लको भनाइ छ । 

‘चीनदेखि भारत सीमा सम्मको पूर्वाधार विकास र राजमार्ग निर्माण गर्न सकेमा त्रिदेशीय व्यापारिक लाभ प्राप्त गर्न सकिन्छ’, उनले भने । नेपालले भौगोलिक रूपमा चीन र भारतबीचको व्यापारिक पुलको रूपमा कार्य गर्न सक्ने सम्भावनामा उनले जोड दिए ।

नेपालमा होटल पूर्वाधारमा लगानी मार्फत चिनियाँ पर्यटक आकर्षित गर्न सकिने मल्लले बताए । ‘चीनमा करिब १० करोड बौद्ध धर्मावलम्बी रहेका छन्, त्यसको १ प्रतिशत करिब १० लाख पर्यटक मात्रै नेपाल भित्र्याउन सकिए अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुग्नेछ’, उनले भने ।

उनले नेपालका सुन, तामा, युरेनियम लगायतका खानीहरूको प्रचुर सम्भावनालाई औँल्याउँदै निवर्तमान अध्यक्ष मल्लले त्यसको अनुसन्धान, प्रशोधन र निर्यातमा चिनियाँ लगानीको अवसर खुला रहेको बताए ।  

चीनसँग नेपालको व्यापार घाटा उच्च रहेको अध्यक्ष मल्लले बताए । उनले भने, ‘चीनबाट २.५३ अर्ब डलर बराबरको आयात हुँदा नेपालले जम्मा १५.४९ मिलियन डलरको मात्रै निर्यात गरेको छ ।’

यस असन्तुलन घटाउन उत्पादनमूलक उद्योग, प्रविधि स्थानान्तरण र निर्यातमुखी लगानीमा संयुक्त पहल आवश्यक रहेको मल्लले बताए ।

सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानी मार्फत पुनः निर्यातको सम्भावना रहेको बताउँदै मल्लले नीतिगत स्पष्टता र प्रतिफल सुनिश्चितताका लागि नेपाल चेम्बर अफ कमर्स प्रतिबद्ध रहेको बताए । 

चेम्बर पदाधिकारीसँगको भेटवार्ताका क्रममा अध्यक्ष फान जियाओबोले नेपालबाट निर्यात प्रवर्धन गर्न आफूहरू प्रयासरत रहेको बताए । उनले नेपालको पर्यटन क्षेत्रको विकास, होटल व्यवसायमा लगानी र व्यापारिक सहकार्यको पहललाई सकारात्मक रूपमा अघि बढाइने प्रतिबद्धता जनाए । नेपालको कृषि र पर्यटन क्षेत्रमा संयुक्त लगानीका लागि पहल गरिने उनले बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ४ : १८ बजे

विष्णुमती नदी किनार कंकेश्वरी क्षेत्रमा वुद्धको प्रस्तर मूर्ति राखियो 

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नं. १९ कंकेश्वरीमा १५ फिट लामो

खामेनेई स्वस्थ रहेको दाबी

तेहरान- इरानका सर्वोच्च नेता मोजताबा खामेनेईको स्वास्थ्य अवस्थाबारे फैलिएका विभिन्न

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

काठमाडौं- सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै वालेन्द्र शाह नेतृत्वको सरकारले

रोल्पामा मृत्यु भएका सबै २० जनाको सनाखत 

रोल्पा-रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ

म्याग्दीको रघुगंगामा सडक खनिरहेको डोजर र चालकलाई पहिरोले पुर्‍यो

म्याग्दी -म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग भिरझरामा मोटरबाटो खन्ने क्रममा झरेको