सहकार्यतिर विप्लव, जनार्दन र घनश्याम : वाम ध्रुवीकरणदेखि नयाँ पार्टी निर्माणसम्मै पुग्ने « Khabarhub

सहकार्यतिर विप्लव, जनार्दन र घनश्याम : वाम ध्रुवीकरणदेखि नयाँ पार्टी निर्माणसम्मै पुग्ने


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादी पार्टीका पूर्वमहासचिव घनश्याम भुसाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रमचन्द विप्लवबीचको संवाद सहकार्यतर्फ अघि बढेको छ।

शुक्रबार बिहान ललितपुरको हरिसिद्धिमा भएको तीन नेताबीचको वार्ता सकारात्मक भएको विप्लवको सचिवालयले जनाएको छ।

विप्लवको सचिवालयका एकजना सदस्य ललित विक ‘सी’का अनुसार तीन नेताहरूबीच सहकार्यको वातावरण तयार भएको छ । यी तीनैजना नेताहरू आफ्नो दल विभाजन भएसँगै सहकार्यको तयारीमा छन् ।

विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य चिरण पुन नेतृत्वको समूह पनि माओवादी नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा मिसिएका छन् । त्यसपछि उनीहरू सहकार्यको खोजीमा जुटेका हुन् ।

विभिन्न चरणको औपचारिक र अनौपचारिक वार्तापछि जनार्दन र घनश्याम विप्लवको निवास हरिसिद्धिमा गएर भेटवार्ता गरेका हुन् । तीन नेताबीचको उक्त वार्ता सकारात्मक भएको विप्लवको सचिवालयले जनाएको छ।

‘वार्ता सकारात्मक भएको छ। तीन नेताहरूबीच सहकार्य हुन्छ भन्दा फरक पर्दैन’, ललितले खबरहबलाई भने,‘सहकार्यका सम्भावित विकल्प र देशको समसामयिक विषयमा कुराकानी भएको छ । उहाँहरूले ‘जोइन स्टेटमेन्ट’ पनि निकाल्ने तयारी गरिहनु भएको छ।’

ललितले सकेसम्म शुक्रबार नै तीनजना नेताको सामूहिक धारणा सार्वजनिक हुनेछ ।

यता घनश्याम भुसालनिकट नेताहरू पनि तीन जनाबीच सहकार्य हुने कुरा अन्तिम चरणमा पुगेको दाबी गर्छन् ।

यी तीनजना नेताले वाम ध्रुवीकरण समूह निर्माणपछि नयाँ पार्टी गठन गर्ने तयारीमा लागेको उनीहरूकै निकट नेताले बताएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ४ : ३७ बजे

क्यान्सर उपचारमा कुनै कमी हुन दिइँदैन : स्वास्थ्यमन्त्री गौतम

काठमाडौं– स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले क्यान्सर रोगको उपचारमा सरकारले

सर्वसाधारणमाथि आक्रमण र दुर्व्यवहारले गाजाको मानवीय अवस्था गम्भीर संकटमा

गाजा– गाजाको राफाह सीमा नाका हुँदै फर्किरहेका प्यालेस्टिनीहरूमाथि दुर्व्यवहार भएको

झापा–४ मा पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै

सुरुङ्गा– हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई

सर्वोच्चको आदेश कार्यान्वयन माग्दै विगेसोको माइतिघरमा प्रदर्शन

काठमाडौं – ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (विगेसो) ले सर्वोच्च

अमेरिका–भारत अन्तरिम व्यापार सम्झौताको घोषणा

एजेन्सी– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री