महोत्तरीमा नाम दर्ता गराउन मतदाता उत्साहित « Khabarhub

महोत्तरीमा नाम दर्ता गराउन मतदाता उत्साहित


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीमा दीपावली, छठ, धातृनवमी सामाचकेवा र कात्तिक पूर्णिमासहितका चाडबाड सकेपछि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने बढेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि असोज १० गतेदेखि नै नाम दर्ता खुले पनि अहिले चाडबाड सकिएपछि दर्ता गर्ने बढेका छन् । 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार फागुन २० गतेसम्म १८ वर्ष पुग्ने र यसअघि फोटो खिचाएर नाम दर्ता गर्न छुटेका व्यक्ति चाडबाडपछि उल्लेख्य सङ्ख्यामा आउन थालेका छन् । ‘चाडबाड सकिएपछि मतदातामा उत्साह देखिएको छ’, उनले भनिन् । 

जिल्लामा असोज १० यता कात्तिक २० गतेसम्म दुई हजार ३४१ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम समावेश गराएका छन् । यीमध्ये दीपावली, छठ सकेपछि एक हजार ४३९ जनाले नाम दर्ता गराएका हुन् । 

जिल्लामा  २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनयता हालसम्म गरेर १६ हजार २६८ नयाँ मतदाता थपिएका छन् । यीमध्ये १३ हजार ९२७ जना भने २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनयता गत असार १६ गतेसम्म अद्यावधिक भएका हुन् । 

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा जिल्लामा तीन लाख ९१ हजार ५७७ मतदाता थिए । त्यसयता गत असार १६ सम्मका १३ हजार ९२७ र असोज १० यता बिहीबारसम्म दुई हजार ३४१ मतदाता थपिएका निर्वाचन अधिकारी झाले बताइन् ।

‘हामीले निर्वाचन आयोगको परिपत्रअनुसार गत असोज ९ गतेदेखि २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्नेहरूको फोटो खिचाएर मतदाता नामावलीमा नाम समावेश गरी रहेका छौँ,’ झाले भनिन्, ‘यसै अभियानभित्र त्रुटि सच्याउने र नाम बसाइ सारेको ठाउँमा सार्ने काम पनि सँगसँगै बढेको छ ।’ रासस

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ४ : ५१ बजे

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र

रुसलाई नेटोको चेतावनी : सम्भावित आक्रमणको प्रतिरोध गर्न गठबन्धन सक्षम

काठमाडौं – रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा