औषधि अभाव हुँदा सेवाग्राही मर्कामा « Khabarhub

औषधि अभाव हुँदा सेवाग्राही मर्कामा


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सिरहा– लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा तीन महिनादेखि स्वास्थ्य बिमाअन्तर्गत निःशुल्क उपलब्ध हुने औषधि अभाव भएको छ । 

सरकारले स्वास्थ्य बिमा गराई उपचार गर्ने बिरामीलाई एक लाख रुपैयाँसम्मको उपचार र औषधि निःशुल्क दिने व्यवस्था गरे पनि यहाँ औषधि नपाउँदा सेवाग्राही मारमा परेका हुन् ।

बिमा गराएका सेवाग्राहीले जाँचपछि चिकित्सकले लेखिदिएको औषधि अस्पतालको औषधि कक्षमा लिन जाँदा नपाएको गुनासो गरेका छन् । 

लहान नगरपालिका–२२ की पार्वती चौधरीले भनिन्, ‘चिकित्सकले लेखिदिएको औषधि अस्पतालको मेडिकलमा लिन जाँदा पाइएन ।’

लहान नगरपालिका–२३ का योगेन्द्र यादवले नियमित औषधि सेवन गर्नुपर्ने बिरामीले किनेर खान बाध्य भएका बताए । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) रञ्जितकुमार झाले औषधि अभावको मुख्य कारण स्वास्थ्य बिमा दाबीको भुक्तानी नहुनु रहेको बताए । उनले भने, ‘सरकारी अस्पतालमा बिमाको सुविधा भए पनि बिमा दाबीको भुक्तानी नहुँदा औषधि खरिद गर्न सकिएको छैन ।’ 

अस्पताललाई करिब एक करोड रुपैयाँ बिमा रकम भुक्तानी गर्न बाँकी रहेकाले औषधि खरिद गरी वितरण गर्न नसकिएको मेसु झाले जानकारी दिए  । उनका अनुसार, अस्पतालले बिरामीका लागि हाल एक सय शय्या बराबरको सुविधा दिइरहेको छ । 

तर, केन्द्र र प्रदेशबाट यथेष्ट सहयोग नहुँदा र बिमा रकमको भुक्तानी रोकिएकाले अस्पताल सञ्चालनमा कठिनाइ भएको छ । अस्पताल विकास समितिबाट जेनतेन गरी सेवा दिइएको उनको भनाइ छ ।

मेसु झाले बिमाको रकम प्राप्त हुनासाथ औषधि खरिद गरी वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे । हाल दैनिक तीन सयदेखि ४०० बिरामीलाई सेवा दिइरहेको अस्पतालले बिमाबाट औषधिबाहेकका अन्य सेवा भने नियमित रूपमा दिइरहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ५ : ३३ बजे

क्यान्सर उपचारमा कुनै कमी हुन दिइँदैन : स्वास्थ्यमन्त्री गौतम

काठमाडौं– स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले क्यान्सर रोगको उपचारमा सरकारले

सर्वसाधारणमाथि आक्रमण र दुर्व्यवहारले गाजाको मानवीय अवस्था गम्भीर संकटमा

गाजा– गाजाको राफाह सीमा नाका हुँदै फर्किरहेका प्यालेस्टिनीहरूमाथि दुर्व्यवहार भएको

झापा–४ मा पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै

सुरुङ्गा– हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई

सर्वोच्चको आदेश कार्यान्वयन माग्दै विगेसोको माइतिघरमा प्रदर्शन

काठमाडौं – ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (विगेसो) ले सर्वोच्च

अमेरिका–भारत अन्तरिम व्यापार सम्झौताको घोषणा

एजेन्सी– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री