महामन्त्री बुर्लाकोटीले भने- आफ्ना खुट्टामा अल्झेनौँ भने कसैले लडाउन सक्दैन « Khabarhub

महामन्त्री बुर्लाकोटीले भने- आफ्ना खुट्टामा अल्झेनौँ भने कसैले लडाउन सक्दैन


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टीको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् । 

चितवनको सौराहामा बसिरहेको केन्द्रीय कमिटीको विस्तारित बैठकमा महामन्त्री बुर्लाकोटीले प्रतिवेदन प्रस्तुत गर्दै पार्टीभित्र पनि घुसपैठ गराउने प्रयत्नहरू देखिएकाले विपक्षीहरूको यस्तो हर्कतबाट सचेत हुनुपर्ने उल्लेख गरिएको छ।

आफूहरूले पार्टी क्षयीकरण हुनबाट एकताबद्ध भई बचाएको भन्दै आउने दिनमा अझै सशक्त भएर बचाउने पक्षमा उभिनुपर्ने बताए । 

‘सभापति रवि लामिछानेले भन्नुभएजस्तै हामी आफ्नै खुट्टामा अल्झिएनौ भने हामीलाई कसैले लडाउन सक्दैन । यदि हामी लड्यौँ भने हामी आफ्नै खुट्टामा अल्झिएर लड्नेछौँ। हामी वरपर देखिने पार्टी क्षयीकरणका विषयहरुलाई निरुत्साहित गर्दै हौसलापूर्ण जागरण सुनिश्चित गर्नु आवश्यक छ।’ प्रतिवेदनमा भनिएको छ,’आन्तरिक लोकतन्त्रलाई प्रष्ट विधिमार्फत गर्दै लैजाने सदस्यता वितरणलाई थप सरल बनाउने पार्टी गतिविधि थप पारदर्शी बनाउने नेतृत्व विकासमा ध्यान दिने योग्य उम्मेदवार छन् सुनिश्चित गर्ने र पार्टीमा जिम्मेवार लिने सबैले कार्य शैलीमा व्यापक सुधार ल्याउने हामी सुदृढ हुने मानकहरू हुन् । यो विस्तारित बैठकबाट हामीले अपार हौसला उत्साह र मुलुक निर्माणको अकाट्य सपना बोकेर फर्किने विश्वास लिएको छु ।’

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ६ : ०२ बजे

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार

राप्रपा कोशीका प्रवक्ता राउतले दिए राजीनामा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कोशी प्रदेश कार्यसमिति प्रवक्ता