एकै ठाउँमा विप्लव, घनश्याम र जनार्दन, भने : पुरानै संरचनाले अब चल्दैन, नयाँ विकल्पमा जाऊँ « Khabarhub

एकै ठाउँमा विप्लव, घनश्याम र जनार्दन, भने : पुरानै संरचनाले अब चल्दैन, नयाँ विकल्पमा जाऊँ


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसाल र प्रगतिशील राष्ट्रिय अभियानका जनार्दन शर्माले संयुक्त वक्तव्य निकाल्दै नयाँ राजनीतिक पहलका लागि आह्वान गरेका छन्।

उनीहरूको वक्तव्यमा हालको सत्ता नेतृत्वलाई गैरजिम्मेवार ठहर गरेका छन् । उनीहरूले राजनीतिक दलहरू जनताबाट टाढा गइरहेको बताएका छन्।

भदौ २३ गतेको जेन-जी आन्दोलन र त्यसपछिका घटनाहरूले दलहरूको असक्षमता उजागर गरेको उनीहरूले उल्लेख गरेका छन् ।

‘पुराना दल र तिनका नेताहरूले पुरानै संरचना र तरिका जोडजाड गरेर आफ्नो वर्चस्व बचाउन खोज्नु मुलुकलाई अझ संकटतर्फ धकेल्ने कार्य हो,’ उनीहरूले भनेका छन्।

संयुक्त वक्तव्यमा जनता गहिरिँदो निराशा र राष्ट्रिय असुरक्षाबारे चर्चा गर्दै मुलुकलाई प्रगतिशील र लोकतान्त्रिक दिशातर्फ लैजान अब बृहत् मोर्चावन्दीको आवश्यकता रहेको निष्कर्ष निकालिएको छ।

तीन नेताहरूले भनेका छन्, ‘राष्ट्रमाथि आएको चौतर्फी संकटको सामना गर्न सबै प्रतिवद्ध कम्युनिस्ट, समाजवादी, प्रगतिशील र देशभक्तहरूले एकताबद्ध भई ऐतिहासिक पहल लिनुपर्छ।’

वक्तव्यमार्फत उनीहरूले समान विचार र प्रतिवद्धता भएका सबै पक्षसँग संवाद, छलफल र सहकार्यको लागि आह्वान गरेका छन्।

यो संयुक्त वक्तव्यले नेपाली वाम राजनीतिमा नयाँ पुनर्संरेखनको संकेत गरेको विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ६ : १८ बजे

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता

बालेन सरकारको चुनौती : पुराना नेताको सम्पत्ति छानबिन होला ?

काठमाडौँ– यही चैत १३ गते रामनवमीको दिन बालेन्द्र शाह ‘बालेन’को

बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा

‘फ्लोरा एक्स्पो’मा एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ ‘फ्लोरा

सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रे– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा सडक