रास्वपाको विस्तारित बैठकमा गणेश कार्की छैनन् उपस्थित, दुई वर्षको लेबी पनि तिरेनन् | Khabarhub Khabarhub

रास्वपाको विस्तारित बैठकमा गणेश कार्की छैनन् उपस्थित, दुई वर्षको लेबी पनि तिरेनन्


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चितवनको सौराहामा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठकमा केन्द्रीय सदस्य गणेश कार्की सहभागी भएका छैनन् । प्रतिनिधि छनोट प्रक्रियामा अनियमितता भएको भन्दै कार्की विस्तारित बैठकमा सहभागी नभएको उनी निकट नेताहरूको भनाइ छ ।

किन बैठकमा सहभागी हुनुभएन ? भन्ने खबरहबको प्रश्नमा कार्कीले भने, ‘मेरा केही आन्तरिक कारणहरूले म उपस्थित नभएको हो अन्य केही कारण छैन ।’

विस्तारित बैठकमा रवि लामिछाने पक्ष र डीपी आर्याल पक्षको मात्रै एकात्मकता रहेको भन्दै कार्की लगायतका नेताहरू असन्तुष्ट छन् । असन्तुष्ट पक्षका एक नेताको अनुसार बैठकमा कार्की मात्रै नभएर कोशी प्रदेशका केही जिल्लागत अध्यक्षहरू पनि उपस्थित छैनन् ।

‘गणेशजीले सुरुदेखि नै विस्तारित बैठकमा प्रतिनिधि छनोट विधिको विषयमा असन्तुष्टि जनाउँदै आउनुभएको थियो । त्यही कारण पनि उहाँ उपस्थित नभएको हुन सक्छ ।’ कार्की निकट नेताले खबरहबलाई भने, ‘डीपी अर्याल र रवि लामिछाने पक्षधर मान्छेहरू मात्रै समेटिएपछि धेरै नेताहरू असन्तुष्ट हुनुहुन्छ । त्यहाँ त्यो असन्तुष्टिको स्वरहरू आउन सक्छ ।’

कार्कीले तिरेका छैनन् दुई वर्षको लेबी

केन्द्रीय सदस्य कार्कीले २०८१ र ८२ को पार्टीले समेत नबुझाएको बताइएको छ । हामीले यसबारे सोध्न कार्कीलाई सम्पर्क गरेका थियौँ । सम्पर्कका क्रममा उनले २०८१ र ८२ को पार्टीलाई लेबी नबुझाएको पुष्टि गरे ।

किन तिर्नुभएन ? भन्ने खबरहबको प्रश्नमा उनले भने, ‘मैले त सुरुवातदेखि नै पार्टीको लेबी महँगो भयो भनेकै थिएँ । यहाँभन्दा अरु केही भन्नु छैन ।’

गणेश कार्कीसँगै तोसिमा कर्कील लगायतका केही नेताहरूले समेत पार्टीको लेबी बुझाएका छैनन् । रास्वपाको पहिलो वर्षको लेबी १० हजार र २०८१ को लेबी १ लाख रुपैयाँ थियो । अहिले रास्वपाको वार्षिक लेवी २५ हजार रुपैयाँ छ ।

कार्कीले पार्टी पुननिर्माणको माग गर्दै निरन्तर पार्टीमा वैचारिक आवाज उठाइरहेको देखिन्छ । जेन-जी आन्दोलनपछि केही नेताहरूले उनले पार्टी छोड्न लागेको सूचनासमेत दिएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ६ : २१ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते