निर्वाचनको माहोल बनाउँदै प्रधानमन्त्री, भनिन्, ‘मतदाता परिचयपत्र बनाएर लोकतन्त्र मजबुत पारौं’ « Khabarhub

निर्वाचनको माहोल बनाउँदै प्रधानमन्त्री, भनिन्, ‘मतदाता परिचयपत्र बनाएर लोकतन्त्र मजबुत पारौं’


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सबै योग्य नागरिकलाई मतदाता परिचयपत्र बनाउन र मताधिकारको सदुपयोग गर्न आग्रह गरेकी छन्।

शुक्रबार एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्रीले लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने दुई आधार बताएकी छन् । ‘पहिलो, नागरिकको विवेक- जसले सही गर्छ र गलत गर्न दिँदैन। दोस्रो, त्यो विवेकलाई प्रयोग गर्ने साधन- मतदाता परिचयपत्र’, उनले भनेकी छन् ।

प्रधानमन्त्रीले युवापुस्तालाई विशेष रुपमा सम्बोधन गर्दै जेन-जी पुस्ताको सपनाको नेपाल बनाउन सबैले आफ्नो मतदाता परिचयपत्र बनाउनुपर्ने बताइन्। उनले भनिन्, ‘देश बदल्ने शक्ति हाम्रो हातमै छ। त्यसका लागि आजै नजिकैको निर्वाचन कार्यालय पुगौं र मतदाता परिचयपत्र बनाऔं।’

उनले नागरिकलाई जिम्मेवार भई योग्य प्रतिनिधि चयन गर्न र चाहिँ आफैं सही प्रतिनिधि बन्न पनि आह्वान गरेकी छन् ।

प्रधानमन्त्रीले विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकारको प्रयोग गर्नु अहिलेको आवश्यकता रहेको बताएकी छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ६ : २५ बजे

टी-२० विश्वकपको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान तीन विकेटले विजयी

काठमाडौं- आईसीसी टी-२० विश्वकप अन्तर्गत पहिलो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई तीन

इस्लामाबादको मस्जिदमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

एजेन्सी– इस्लामावादको एक शिया मस्जिदमा इस्लामिक स्टेट समूह (आईएस) ले दावी

निर्वाचन चहलपहलसँगै आर्थिक गतिविधिमा बढोत्तरी

महोत्तरी– महोत्तरीमा निर्वाचनको चहलपहल बडढेसँगै आर्थिक गतिविधिमा पनि बढोत्तरी हुन

ओबामाको अनुहार भएका बाँदरको भिडियो हालेपछि ट्रम्प आलोचित; गरे निन्दा, मागेनन् माफी

काठमाडौं- पूर्वराष्ट्रपति दम्पत्ति बाराक र मिशेल ओबामालाई बाँदरको स्वरुप दिएको

बलात्कार आरोपमा पूर्वप्रहरी ठगुन्ना भारतको बैंग्लोरबाट पक्राउ

काठमाडौं– बलात्कार आरोप लागेका पूर्वप्रहरी भुपेन्द्र सिंह ठगुन्नालाई प्रहरीले भारतको बैंग्लोरबाट