संकटकाे बेला कांग्रेस आत्मघाती बाटो छाडेर एकजुट हुनुपर्छ : प्रवक्ता महत « Khabarhub

संकटकाे बेला कांग्रेस आत्मघाती बाटो छाडेर एकजुट हुनुपर्छ : प्रवक्ता महत


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र देश अहिले अभूतपूर्व संकटबाट गुज्रिरहेको भन्दै आन्तरिक शक्ति संघर्ष छाडेर एकजुट हुन नेतृत्वलाई आग्रह गरेका छन् । 

कांग्रेस केन्द्रीय समितिको जारी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘आज देश संकटमा छ, हाम्रो पार्टी संकटमा छ, लोकतन्त्र संकटमा छ, हामी व्यक्तिगत रूपमा पनि संकटमा छौँ ।’

पार्टी बहस अधिवेशनमै सीमित, राष्ट्रिय मुद्दा ओझेलमा

डा. महतले महासमितिकाे बैठकमा हाम्रो सम्पूर्ण बहस ८४ काे निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रित भएको र अहिलेको केन्द्रीय समितिकाे छलफल विशेष महाधिवेशन की महाधिवेशन भन्नेमै सीमित भएकाे बताएका छन् । ‘राष्ट्रिय मुद्दामा छलफल नै भएन, यो दुर्भाग्यपूर्ण हो,’ उनले भने । उनले संकटको कारण, समाधान र पार्टीको नेतृत्वदायी भूमिकाबारे छलफल हुनुपर्नेमा त्यो हुन नसकेको बताए ।

२४ गतेको विध्वंशलाई ‘उपलब्धि’ मान्न सकिँदैन

उनले भने ‘नवपुस्ताले गत भदाै २३ गते सुशासन सुनिश्चत गर्ने माग राखेर गरेकाे आन्दाेलन प्रति हामी सहमत छाैं । तर २४ गते भएकाे विध्वंशका घटनाहरुलाई उपलब्धि मान्न सकिदैन । सिंहदरबार, सर्वोच्च, संसद, राष्ट्रपति भवनसम्म आक्रमण हुने घटना युवापुस्ताको स्वतःस्फूर्त आवेग होइन, उनीहरू केवल माध्यम मात्र थिए ।’  ३६ साल, ४२ साल, ४६ र ६२/६३ का आन्दोलनमा आफू अग्रपंक्तिमा लडेको स्मरण गर्दै उनले थपे– ‘म जीवनभर संघर्षमा होमिएँ, तर आज पार्टी आफैं आत्मघाती बनेको देख्दा पीडा हुन्छ।’

आन्तरिक घेराबन्दी पार्टीकै लागि घातक

आफूमाथि पार्टीभित्रैबाट चरित्रहत्या भएको उल्लेख गर्दै महतले भने, ‘प्रतिस्पर्धा विपक्षीसँग हुनुपर्ने हो, तर हामी आफ्नैभित्र कसलाई कमजोर पार्ने, हटाउने भन्ने खेलमा लागेका छौँ ।’ उनले नुवाकोटको राजनीतिक यात्राका उदाहरण दिँदै आफूलाई सामाजिक सञ्जालहरुमा विभिन्न उपमा दिएर गाली गलाैज गर्नु गलत भाष्य भएको जिकिर गरे । ‘टिकट जसले पनि पाउँछ, जित्ने भए टिकटकै भरमा सबै जित्थे। चुनौतीपूर्ण क्षेत्रमा मैले मैदान बनाएको हुँ,’ उनले भने ।

सत्य दबिँदा झुट बलियो हुन्छ

बीपी कोइरालालाई उद्धृत गर्दै उनले भने– ‘जब सत्यको मुख बन्द हुन्छ, झुटको थुतुनो चल्छ । आज पार्टीमा सत्य बोल्नेको मुख बन्द छ, तर झूट र आक्रमण आफ्नै विरुद्ध चर्को छ ।’

संकट आउनुका दुई प्रमुख कारण: सुशासन र कूटनीतिक असन्तुलन

उनले भने ‘सुशासनमा ‘जिरो टोलरेन्स’ अब नारामा होइन, व्यवहारमै लागू गर्नुपर्छ, नेपाल कुनै शक्तिराष्ट्र विरुद्ध प्रयोग हुने भूमि बन्दैन भन्न सकेनौँ, त्यो कमजोरी सच्याउनु पर्छ ।’

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ६ : ३६ बजे

टी-२० विश्वकपको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान तीन विकेटले विजयी

काठमाडौं- आईसीसी टी-२० विश्वकप अन्तर्गत पहिलो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई तीन

इस्लामाबादको मस्जिदमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

एजेन्सी– इस्लामावादको एक शिया मस्जिदमा इस्लामिक स्टेट समूह (आईएस) ले दावी

निर्वाचन चहलपहलसँगै आर्थिक गतिविधिमा बढोत्तरी

महोत्तरी– महोत्तरीमा निर्वाचनको चहलपहल बडढेसँगै आर्थिक गतिविधिमा पनि बढोत्तरी हुन

ओबामाको अनुहार भएका बाँदरको भिडियो हालेपछि ट्रम्प आलोचित; गरे निन्दा, मागेनन् माफी

काठमाडौं- पूर्वराष्ट्रपति दम्पत्ति बाराक र मिशेल ओबामालाई बाँदरको स्वरुप दिएको

बलात्कार आरोपमा पूर्वप्रहरी ठगुन्ना भारतको बैंग्लोरबाट पक्राउ

काठमाडौं– बलात्कार आरोप लागेका पूर्वप्रहरी भुपेन्द्र सिंह ठगुन्नालाई प्रहरीले भारतको बैंग्लोरबाट