काठमाडौं– एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अर्थात एनपीएल दोस्रो संस्करणको चर्चा चल्दै गर्दा, यो वर्ष पनि नेपाल क्रिकेट संघ (क्यान)सँगको आफ्नो ‘पावर्ड बाई’को साझेदारीलाई निरन्तरता दिएको घोषणा गरेको छ ।
क्रिकेट खेलले सबैलाई जोड्ने भएकाले यो भव्य महाउत्सवमा ‘युनाईटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित एनसेलले सहकार्य गरेको छ ।
यही मंसिर १ गतेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दोस्रो संस्करण सुरु हुँदैछ । व्यावसायिक फ्रेन्चाइजमा आधारित टी–ट्वान्टी प्रतियोगिता एनपीएलमा गत वर्षपनि एनसेल ‘पावर्ड बाई’ साझेदार रहेको थियो ।
एनपीएलसँगको सहकार्यबारे आफ्नो उत्साह व्यक्त गर्दै, एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने, ‘हालैका टी–ट्वान्टी प्रदर्शनले सबै नेपालीलाई गौरवान्वित बनाएको छ । आज क्रिकेट राष्ट्रको सबैभन्दा ठूलो आशा मात्र नभई, हामी सबैलाई एकतावद्ध राख्ने खेल पनि हो । त्यसैले क्रिकेटको यो भव्य महाउत्सवमा ‘युनाईटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित ‘पावर्ड बाई’ पार्टनरको रूपमा सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौँ । फ्यानहरूलाई घर, बाटो, अफिस, काम, कार्यालय, देश वा विदेश जहाँ भए पनि एनसेलको कनेक्टिभिटीमार्फत उनीहरूलाई यस संस्करणको हरेक क्षणसँग जोडिरहनेछौँ ।’
‘क्रिकेटको विकासका लागि हाम्रो सहकार्यलाई निरन्तरता दिँदै एनपीएल दोस्रो संस्करणमा पनि ‘पावर्ड बाई’ पार्टनरका रुपमा एनसेललाई पाउँदा हामी धेरै खुसी छौँ । यो खेलले सबैलाई जोड्छ त्यसैले हामी उत्साहित छौँ र तयारी पनि अन्तिम चरणमा पुगिसकेको छ । यस्तै सहकार्य र खेलहरूले नेपाली क्रिकेट र एनपीएललाई विश्वसामु स्थापित बनाउन ठूलो महत्त्व राख्दछ । खेलकुदको विकास र प्रवर्धनमा एनसेलको यो सहयोगका लागि नेपाल क्रिकेट संघ आभारी रहेको छ,’ क्यानका सचिव पारस खड्काले भने ।













प्रतिक्रिया