एनपीएल सिजन २ : युनाईटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल « Khabarhub

एनपीएल सिजन २ : युनाईटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अर्थात एनपीएल दोस्रो संस्करणको चर्चा चल्दै गर्दा, यो वर्ष पनि नेपाल क्रिकेट संघ (क्यान)सँगको आफ्नो ‘पावर्ड बाई’को साझेदारीलाई निरन्तरता दिएको घोषणा गरेको छ । 

क्रिकेट खेलले सबैलाई जोड्ने भएकाले यो भव्य महाउत्सवमा ‘युनाईटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित एनसेलले सहकार्य गरेको छ । 

यही मंसिर १ गतेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दोस्रो संस्करण सुरु हुँदैछ । व्यावसायिक फ्रेन्चाइजमा आधारित टी–ट्वान्टी प्रतियोगिता एनपीएलमा गत वर्षपनि एनसेल ‘पावर्ड बाई’ साझेदार रहेको थियो । 

 
एनपीएलसँगको सहकार्यबारे आफ्नो उत्साह व्यक्त गर्दै, एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने, ‘हालैका टी–ट्वान्टी प्रदर्शनले सबै नेपालीलाई गौरवान्वित बनाएको छ । आज क्रिकेट राष्ट्रको सबैभन्दा ठूलो आशा मात्र नभई, हामी सबैलाई एकतावद्ध राख्ने खेल पनि हो । त्यसैले क्रिकेटको यो भव्य महाउत्सवमा ‘युनाईटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित ‘पावर्ड बाई’ पार्टनरको रूपमा सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौँ । फ्यानहरूलाई घर, बाटो, अफिस, काम, कार्यालय, देश वा विदेश जहाँ भए पनि एनसेलको कनेक्टिभिटीमार्फत उनीहरूलाई यस संस्करणको हरेक क्षणसँग जोडिरहनेछौँ ।’

‘क्रिकेटको विकासका लागि हाम्रो सहकार्यलाई निरन्तरता दिँदै एनपीएल दोस्रो संस्करणमा पनि ‘पावर्ड बाई’ पार्टनरका रुपमा एनसेललाई पाउँदा हामी धेरै खुसी छौँ । यो खेलले सबैलाई जोड्छ त्यसैले हामी उत्साहित छौँ र तयारी पनि अन्तिम चरणमा पुगिसकेको छ । यस्तै सहकार्य र खेलहरूले नेपाली क्रिकेट र एनपीएललाई विश्वसामु स्थापित बनाउन ठूलो महत्त्व राख्दछ । खेलकुदको विकास र प्रवर्धनमा एनसेलको यो सहयोगका लागि नेपाल क्रिकेट संघ आभारी रहेको छ,’ क्यानका सचिव पारस खड्काले भने । 

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ७ : ०६ बजे

इन्धन मूल्य वृद्धिबीच श्रीलङ्काद्वारा माछा मार्ने डुङ्गाका लागि अनुदान स्वीकृत

काठमाडौं – विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं – ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको

सम्भावित नयाँ रोगको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको

तनहुँ एक वर्षीय छोरासहित आमा मृत फेला

तनहुँ – जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित

ट्रम्पको ‘ट्रुथ’ र ‘महान् साम्राज्य ध्वस्त हुने’ अपोलो देवीको भविष्यवाणी

काठमाडौं– इरानविरुद्ध युद्ध जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेरि