रास्वपा बैठकमै नगएका गणेश कार्की भन्छन्: बाबुराम, कुलमान र बालेनलाई भित्र्याउने गरी लागिरहेको छु (अन्तर्वार्ता) « Khabarhub

रास्वपा बैठकमै नगएका गणेश कार्की भन्छन्: बाबुराम, कुलमान र बालेनलाई भित्र्याउने गरी लागिरहेको छु (अन्तर्वार्ता)



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश कार्की पछिल्लो केही साता काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग नजिक भएको तर पार्टी कामकारबाहीलाई वास्ता नगरेको आरोप खेपिरहेका छन्। तर उनै कार्कीको भनाइअनुसार भने उनी पार्टी मजबुत बनाउनकै लागि बालेन र ऊर्जामन्त्री कुलमान घिसिङलाई रास्वपा भित्र्याउनका लागि कसरत गरिरहेका थिए। अहिले कुलमान आफ्नै छुट्टै दलको तयारीमा लागेको र बालेन भने दलमा जाने या नजाने भन्ने यकिन भइसकेको छैन।

तर कुलमान सामेल हुने पार्टीलाई बालेनले समर्थन गर्ने बताइएको छ। त्यसो त यी कार्की पनि उनै कुलमान र बालेनकै दलमा सामेल हुने तयारीमा रहेको बुझिन्छ। तर यो प्रश्नमा उनी रास्वपा नै बनाउने लागेको जवाफ दिन्छन्।

नेताहरुका अनुसार रास्वपा आउन कुलमानले सभापति पद नै ताकेका थिए। अब रास्वपाले यसको च्याप्टर करिब क्लोज नै गरिदिएको छ। रास्वपाले सभापतिमा अहिले रवि लामिछानेको विकल्प सोच्न नसक्ने भनेको छ। योसँगै बालेन र कुलमान भित्र्याउने कार्कीको प्रयास तत्काललाई टरेको छ। गणेश ०७९ को निर्वाचनपछि नै समानुपातिक उम्मेदवार छनोटमा तलमाथि भएको भन्दै रास्वपामाका असन्तुष्ट थिए। उनले अहिले पार्टीमा लेबी पनि तिर्न नसक्ने भन्दै तिरेका छैनन्। यही विषयमा खबरहबले केन्द्रीय सदस्य गणेश कार्कीसँग कुराकानी गरेको कुराकानीको सम्पादित अंशः

आज सुरु भएको पार्टीको विस्तारित बैठकमा किन जानु भएन?
केही कामहरू भएकाले म जान पाइन। अरू कुनै खास कारण छैन। व्यक्तिगत कारणले नै नगएको हो। म मात्र गएको होइन।

बैठकमा जाँदै नजाने कि भोलि जाने?
जाने प्लान छैन। म जाँदिन।

केही कारण त होलान्?
समय आएपछि थाहा पाउँनुहुन्छ। थप कुरा बैठक सकिएपछि जानकारी गराउँछु। केही व्यक्तिगत कारणले म जान भ्याइन। तर म नगएकै हो। बैठकमा जान कुनै ऊर्जा भएन।

यहाँले पार्टीका लेबी तिर्नु भएको छैन रे हो?
हो तिरेको छैन। तर के के हल्लाहरू आएका छन्। ती के कारण आए कसरी आए मलाई थाहा छैन। मैले बुझेको पनि छैन ।

कति लेबी तिर्न बाँकी छ?
मैले ०८१ र ०८२ कै लेबी तिरेको छैन। महँगो भयो भनेर नतिरेको
हो। ०८१ मा १ लाख थियो वर्षको। अहिले २५ हजार छ। त्यो पनि तिरेको छैन। यो पार्टीको आन्तरिक जीवनका कुराहरू हुन्। तर मेरो कुरा के भने महँगो पनि भयो। सबैले यो तिर्न सक्नुहुन्न। कसले लेबी बुझायो कसले बुझाएन भन्ने आर्थिक लेनदेनको कुरा हो। आन्तरिक जीवनका कुरा बाहिर आएका छन्। यो ठिक छैन। धेरै जनाले लेबी बुझाउनु भएको रहेन रहेछ तर हामी दुई तोसिमा कार्की र मेरो फरक किसिमले आयो। यो कसरी आयो मैले पनि बुझेको हो।

लेबी नतिर्नेलाई बैठकमा उपस्थित गराइएको थिएन रे। बैठकमा सहभागी हुन नपाउने भएर नजानुभएको त हैन ?
त्यस्तो त हामीलाई भनेको थिएन। तर प्रचार यस्तो गरिएको छ।

तपाईँले त पार्टी नै छाड्न लाग्नुभएको छ रे?
हैन नि म त झन सबैजना भएर रास्वपा बनाउनुपर्छ। मिसाउनुपर्छ भन्ने मिसनमा लागेको छु। सबैले आफ्नो आफ्नो त्याग गरौँ भनिरहेको छु। म नै त्यो अभियानमा छु भनेपछि पार्टी त कसरी छाड्ने र? सबै विचार मिल्ने शक्तिहरू रास्वपामा ल्याएर राख्नुपर्छ भनेर नै लागिरहेको हो। बरु यसको लागि म आलोचनाको केन्द्रमा छु।

यहाँ त बालेन, कुलमान बाबुरामलगायतका नेता समेटेर पार्टी बनाउने तयारीमा जुट्नुभएको कुरा आइरहेको छ नि ?
होइन मैले त विचार मिल्ने वैकल्पिक शक्ति रास्वपामा नै मिलौँ भनेको हो। छुट्टै प्लान बनाएको होइन। अहिलेको आवश्यकता र जेनजीको भावना समेटेर अगाडि बढौँ भनेको हो। अहिले त संवाद टोली नै बनाएर पार्टी अगाडि बढेको छ।

अबको तयारी के हो त ?
मेरा केही प्लानहरु छन्। म काम गरेर खाने मान्छे हो। आवश्यक परे पार्टीलाई पनि सहयोग गर्छु। तर गलत प्रवृत्तिवरुद्ध बोलिरहन्छु। किनकी म सचेत नागारिक हो। मेरा पनि केही योजना छन्। पार्टी विधी र थितिमा चलाउने कुरामा म जहिले लाग्छु र लागेको पनि छु। किनकी वैकल्पिक शक्तिले पुरानाको सिको गर्नु उचित छैन।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ९ : ३८ बजे

निर्वाचन सामग्री धमाधम जिल्लातिर (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का,

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो