महामन्त्री थापालाई सहमहामन्त्री डिनाको प्रश्नः रुपान्तरणको नारा कहाँ पुग्यो? | Khabarhub Khabarhub

महामन्त्री थापालाई सहमहामन्त्री डिनाको प्रश्नः रुपान्तरणको नारा कहाँ पुग्यो?


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले पार्टी महाधिवेशनका लागि आवश्यक पूर्वकार्य सुरु नगरेकाले कांग्रेसको संस्थागत छवि धमिलिएको टिप्पणी गरेकी छन्।

सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले करिब दुई महिनाअघि नै महाधिवेशन तयारीका लागि आग्रह गरे पनि त्यसमा ठोस प्रगति नभएको उल्लेख गरिन्।

उनका अनुसार, अधिवेशनसम्बन्धी तयारीमा ढिलाइले पार्टीभित्र भ्रम र असन्तुष्टि बढ्दै गएको छ।
उनले भनिन्, “अधिवेशनका लागि आवश्यक पूर्वकार्य नगरी बाहिर पार्टी विवादग्रस्त छ भन्ने सन्देश प्रवाह हुनु हाम्रो छविका लागि हानिकारक छ। यसले जनमानसमा नकारात्मक प्रभाव छरिरहेको छ र संगठन कमजोर देखिने अवस्था सिर्जना भएको छ। अब दोषारोपण होइन, जिम्मेवारी लिन र काम सुरु गर्ने समय आएको छ।”

सहमहामन्त्री उपाध्यायले अधिवेशनलाई केवल औपचारिक प्रक्रिया होइन, पार्टीलाई सुदृढ पार्ने अवसरका रूपमा लिनुपर्ने बताइन्।

उनले थपिन्, “सबै मिलेर स्पष्ट निर्णयमा पुग्दै महाधिवेशनको तयारी अघि बढाउनुपर्छ। यही बाटो हाम्रो एकता र सशक्तताको आधार बन्न सक्छ।”

उनका अनुसार, सामूहिक जिम्मेवारी, पारदर्शिता, सहकार्य र आपसी विश्वासबाट मात्रै पार्टीलाई पुनः प्रभावकारी बनाउन सकिन्छ।

उपाध्यायले क्रियाशील सदस्यता नवीकरणमा समेत ढिलाइ भएको उल्लेख गर्दै पुरानै प्रवृत्तिअनुसार महाधिवेशन नजिकिएपछि मात्र हतारमा सदस्यता नवीकरण सुरु हुने प्रवृत्ति अझै नसुधारिएको बताइन्।

त्यसक्रममा उनले महामन्त्री गगन थापातर्फ लक्षित गर्दै सोधिन्, “रूपान्तरणको नारा कहाँ गयो? रूपान्तरण केवल व्यक्तिको अदलबदलमा सीमित रहने हो कि प्रणाली, व्यवहार र संस्कृतिको सुधारमा केन्द्रित हुने हो?”

उनले निष्कर्षमा भनिन्, “साँचो रूपान्तरण भनेको जिम्मेवारीप्रति इमानदारी र विधानप्रति निष्ठा हो।”

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १० : ०८ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते