मध्यपश्चिम विश्वविद्यालयमा ल्याब सामग्री खरिदका लागि सामाजिक विकास मन्त्रालयसँग सम्झौता « Khabarhub

मध्यपश्चिम विश्वविद्यालयमा ल्याब सामग्री खरिदका लागि सामाजिक विकास मन्त्रालयसँग सम्झौता


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- ल्याब सामाग्री खरिदका लागि मध्यपश्चिम विश्वविद्यालय र कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबीच सम्झौता भएको छ। शुक्रबार विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङका लागि आवश्यक प्रयोगशाला सामग्री तथा उपकरण खरिदका लागि सम्झौता गरिएको हो।

सम्झौता पत्रमा मन्त्रालयका तर्फबाट मन्त्री घनश्याम भण्डारी, सचिव धोलकराज ढकाल र विश्वविद्यालयतर्फबाट उपकुलपति प्राडा ध्रुवकुमार गौतम, रजिष्ट्रार प्राडा शोभाखर कँडेल र डिन सह प्राडा राजन सुवालले हस्ताक्षर गरेका छन्।

सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि ४ करोड बजेट मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङमा आवश्यक प्रयोगशाला सामग्री तथा उपकरण खरिद गर्न विनियोजन गरिसकेको छ।

यस्तै, सम्झौताको मुख्य उद्देश्य इन्जिनियरिङ्ग अध्ययनरत विद्यार्थीहरुको व्यवहारिक सिकाई, अनुसन्धान र परिक्षण क्षमता अभिवृद्धि गर्न आवश्यक उपकरण तथा सामग्रीहरुको उपलब्धता सुनिश्चित गर्नु रहेको विश्वविद्यालयले जनाएको छ।

सम्झौता कार्यक्रममा उपकुलपति ध्रुवकुमार गौतमले विश्वविद्यालयले सबै नियम, कानुन र सम्झौता अनुसार पारदर्शी र प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गरे।

उनले यस सहकार्यले विश्वविद्यालयलाई अझ सक्षम, अनुसन्धानमैत्री र प्राविधिक रूपमा सबल संस्थाका रूपमा अघि बढाउने र कर्णाली प्रदेशको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले विश्वविद्यालयले प्रवाह गरिरहेका सेवा तथा विशेषगरी सिभिल इन्जिनियरिङ, निर्माण तथा पूर्वाधार विकासका क्षेत्रमा गर्दै आएको कार्य र योगदानको प्रशंसा गरे।

उनले जाजरकोट भूकम्प तथा पुल मूल्याङ्कनजस्ता महत्वपूर्ण कार्यमा विश्वविद्यालयले देखाएको प्राविधिक दक्षता उल्लेखनीय रहेको बताउँदै आधुनिक ल्याब स्थापनाले नयाँ आयाम थप्ने र आगामी दिनमा मन्त्रालय र विश्वविद्यालयबीच थप सहकार्यको सम्भावना समेत रहेको धारणा व्यक्त गरे।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १० : १६ बजे

समानुपातिक तर्फको मतगणना सम्पन्न : निर्वाचन आयोग

काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको

गगन थापा हराएको सूचना !

स्वर्गको गेटमा ठूलो भीड थियो । धर्मराज हातमा रजिस्टर लिएर

गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका-३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा रहेको

‘डेरीमार्ट’ थप्दै दुग्ध उत्पादक सहकारी सङ्घ

चितवन– चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफ्नो उत्पादनको बिक्री

स्व. सुरेश मानन्धरलाई राष्ट्रिय झण्डासहित श्रद्धाञ्जली अर्पण गरियो

काठमाडौं– हृदयघातका कारण निधन भएका भाषा आयोगका सदस्य, साहित्यकार एवं