सुर्खेत प्रहरी हिरासतमा युवकको मृत्यु प्रकरण छानबिन गर्न बनाइयो समिति « Khabarhub

सुर्खेत प्रहरी हिरासतमा युवकको मृत्यु प्रकरण छानबिन गर्न बनाइयो समिति


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवकको मृत्यु प्रकरणमा अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय सुर्खेतले छानबिन समिति गठन गरेको हो।

प्रशासनका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। उक्त समितिको सदस्यहरूमा वीरेन्द्रनगर नगरपालिका–११ का वडा अध्यक्ष खिमलाल देवकोटा, मानव अधिकार सञ्जाल सुर्खेतका पिताम्बर ढकाल, राष्ट्रिय दलित पत्रकार संघ नेपालकी कर्णाली प्रदेश सचिव मालती विक, र मृतकका परिवार तर्फबाट गीता सुनार सदस्य रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षमा लागुऔषध मुद्दाका थुनुवा वीरेन्द्रनगर नगरपालिका–११ निवासी २६ वर्षीय गंगे विक शुक्रबार बिहान अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल, सुर्खेतमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

उक्त घटनापछि पीडित परिवारले दिउँसो घटनाको छानबिन माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिएका थिए। धर्नापछि घटनाबारे अनुसन्धान गर्न समिति बनेको हो।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १० : २८ बजे

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक