दैलेखमा जीप दुर्घटना, १५ जना घाइते « Khabarhub

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । शुक्रबार साँझ कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेको भे १ ज १०५६ नम्बरको जीप दैलेखको आठबीस नगरपालिका–८ सेरावाडास्थित कर्णाली राजामार्गमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता पुष्पराज रोकायाका अनुसार दुर्घटनाका घाइतेमध्ये ६ जनालाई एम्बुलेन्समार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ भने थप ५ जनालाई पनि सुर्खेत लगिदै छ । ४ जनाको अवस्था सामान्य भएका कारण उपचारपछि घर पठाइएको छ ।

तीव्र गतिका कारण जीप अनियन्त्रित भइ सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटना लगत्तै चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १० : ४७ बजे

एक करोड लागतमा पुस्तकालय भवन निर्माण

दमौली– यहाँको देवघाट गाउँपालिका–५ मा एक करोड लागतमा देवघाट सार्वजनिक

अर्थसंक्षेप : नेप्सेमा सामान्य गिरावट, भक्तपुर चेम्बरको अध्यक्षमा श्रेष्ठ निर्विरोध र एआई पहलमा भारतलाई अमेरिकी निम्तो

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध लामोसमयदेखि शैक्षिक विकासको

विशेष महाधिवेशन पक्षधरको चेतावनी : सभापति नआए भोलि नै नयाँ नेतृत्व घोषणा हुन्छ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षीय नेताहरूले बहुमत प्रतिनिधिको आवाजलाई

‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६३ प्रतिशत प्रतिनिधि’

काठमाडौं- काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा ६३

इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सयौँको ज्यान जानेगरी भएको प्रदर्शनलाई