आइतबारको माैसम पूर्वानुमान : देश आशिंक बदली « Khabarhub

आइतबारको माैसम पूर्वानुमान : देश आशिंक बदली


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार दिउँसो देशभर घाम लाग्दै बादल लाग्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।

हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेकाले अहिले पनि देशभर घाम लाग्दै बादल लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबार दिउँसो कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा कुहिरो तथा गण्डकी, कर्णाली र सुदूरपश्चिमको हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनेछ ।

यस्तै सोमबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिमको हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपात तथा कोशी र बागमती प्रदेशको हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

मंगलबार दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति देशभर मौसम सफा रहने छ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ८ : ४१ बजे

काराबाओ कप : दुई गोल गर्दै सिटीका साम्बाले ताने सबैको ध्यान

लन्डन – म्यानचेस्टर सिटीका १७ वर्षीय युवा फरवार्ड फ्लोयड साम्बाले

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर