आलु भित्र्याउँदै पनौतीका किसान (फोटो फिचर) « Khabarhub

आलु भित्र्याउँदै पनौतीका किसान (फोटो फिचर)


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पनौती – काभ्रेको पनौती नगरपालिका–९ सुन्थान क्षेत्रका किसान यत्तिबेला आलु भित्र्याउन व्यस्त छन्। असोजको पहिलो हप्ता रोपेको आलु अहिले भित्र्याउने समय भएको हो।

सो क्षेत्रका किसानले वर्षमा दुईपटकसम्म आलु उत्पादन गर्ने गर्दछन्। आलुमा अझै पूर्णरुपमा नेपाल आत्मनिर्भर बन्न सकेको छैन। पछिल्लो पाँच वर्षको तथ्यांक अनुसार हरेक वर्ष ६ देखि ८ अर्ब रुपैयाँ बराबरको आलु आयात भइरहेको देखिन्छ। 

नेपालमा आलुको वार्षिक उत्पादन करिब ३१ देखि ३५ लाख मेट्रिक टन रहेको र वार्षिक माग करिब ३३ देखि ३७ लाख मेट्रिक टन रहेको छ।

नेपालमा उत्पादित अधिकांश आलु घरेलु रुपमा खपत हुन्छ। पहाडी क्षेत्रमा यो मुख्य खाद्यबाली हो भने सहरी क्षेत्रमा तरकारी र खाजाको रूपमा प्रयोग हुन्छ। औद्योगिक क्षेत्रमा भने चिप्स र फिंगर चिप्स बनाउन आलुको प्रयोग हुन्छ। 

तस्बिरः नेपाल फोटो लाइब्रेरी।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  १० : ३९ बजे

काराबाओ कप : दुई गोल गर्दै सिटीका साम्बाले ताने सबैको ध्यान

लन्डन – म्यानचेस्टर सिटीका १७ वर्षीय युवा फरवार्ड फ्लोयड साम्बाले

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर