दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको बैतेश्वर गाउँपालिका–६ बुस्टिस्थित तामाकोशी–मन्थली खड्काखण्डमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।

आइतबार बिहान करिब ९ बजे तामाकोशीबाट मन्थलीतर्फ जाँदै गरेको बा ५२ प ४२९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई करिब २०–२५ मिटर तल तामाकोसी नदी किनार नजिकै बगरमा खसेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दुर्घटनापछि प्रहरीले मोटरसाइकलमा सवार दुवै जनालाई उद्धार गरी पशुपति चौलागाई स्मृति अस्पताल चरिकोट पठाइएको थियो ।

अस्पतालमा उपचारका क्रममा बैतेश्वर गाउँपालिका–१ गैरीमुदीका ३० वर्षीय अंकितराज उप्रेतीको मृत्यु भएको अस्पतालका चिकित्सकले पुष्टि गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि सवार मेलुङ गाउँपालिका–१ पोवटीका ३० वर्षीय दोर्जे लामा घाइते भएका छन् । उनको बायाँ घुँडा र गर्दनमा चोट लागेको, अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना स्थल प्रहरी चौकी किराँतीछापबाट करिब ९ किलोमिटर दक्षिणपूर्व दूरीमा पर्ने प्रहरीले जनाएको छ। सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ११ : २७ बजे

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६