एमालेको एघारौँ महाधिवेशन जनताको आवाज बुलन्द गर्ने दिन : उपमहासचिव प्रदीप ज्ञवाली  « Khabarhub

एमालेको एघारौँ महाधिवेशन जनताको आवाज बुलन्द गर्ने दिन : उपमहासचिव प्रदीप ज्ञवाली 


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटनको दिनलाई जनताको आवाज बुलन्द गर्ने दिनका रुपमा लिनुपर्ने बताएका छन् । 

पार्टीको  महाधिवेशन जनपरिचालन समितिका संयोजक समेत रहेका ज्ञवालीले राजनीतिक पार्टीहरू कमजोर हुँदा त्यसको फाइदा अराजक शक्तिहरूले लिन खोज्ने भएकोले दलहरूले सक्रिय राजनीतिमा हस्तक्षेप गर्नुपर्ने उल्लेख गरे । 

 ‘११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह पार्टी परिवारका लागि त सबैभन्दा ठूलो उत्सव हो नै लोकतन्त्रका पक्षमा जनताको आवाजको प्रतिध्वनि पनि हो ’सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै उपमहासचिव ज्ञवालीले लेखेका छन् ‘राजनीतिक पार्टीहरू कमजोर वा शिथिल हुँदा त्यसको रिक्तताको ठाउँ अराजक शक्तिहरूले लिन खोज्छन् ।’

उपमहासचिव ज्ञवालीले २०६२ मंसिर ४ गते बुटवलमा लामो समयपछि भएको नेकपा एमालेको विशाल जनप्रदर्शनले देशव्यापी रुपमा प्रतिगमन विरुद्ध आन्दोलनको माहौल ल्याएको स्मरण गरे । 

शाही कु पछि त्यसबेला दलहरूले ठूला आमसभा गर्न नसकिरहेका बेला बुटवलमा एमालेले मंसिर ४ मा गरेको आमसभामा लुम्बिनीका विभिन्न क्षेत्रबाट ठूलो संख्यामा मानिसहरू उपस्थित भएका थिए । 

सोही आमसभापछि देशैभरी शाही कु विरुद्ध दलहरूले आयोजना गरेका कार्यक्रममा मानिसहरूको उपस्थिति बाक्लो हुन थालेको थियो । 

ज्ञवालीले उक्त आमसभालाई शाही कु विरुद्धको जगको संज्ञा दिएका छन् । ‘२०६२ मंसिर ४ गते एमालेले बुटवलमा गरेको सशक्त जनप्रदर्शनले माघ १९ को शाही कु पश्चात् उत्पन्न सन्नाटालाई चिर्दै प्रतिगमनका विरुद्ध ऐतिहासिक आन्दोलनको जग बसालेको थियो ’ ज्ञवालीले लेखेका छन् । 

 उनले मंसिर २७ को एमालेको उद्घाटन सभा पनि लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि निर्णायक मोडका रुपमा भूमिका खेल्ने दाबी गरेका छन्  । 

‘मंसिर २७ को उद्घाटन समारोहको जनउपस्थितिले पनि संविधान,लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि निर्णायक मोडका रुपमा भूमिका खेल्नेछ’ ज्ञवालीले लेखेका छन्, ‘हाम्रो एक दिनको उपस्थितिले खास अर्थ राख्छ भने किन उपस्थित नहुने ? ’

 ज्ञवालीले मंसिर २७ गतेको उद्घाटन सभामा सहभागी हुने सबैलाई भक्तपुरको सल्लाघारीमा उपस्थित हुन् आह्वान गरेका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  १२ : १६ बजे

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली– धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष

विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा रहेका विपक्षी दलहरुको बैठक आज

सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपतिले आज संविधानविदहरूसँग परामर्श गर्दै

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित