‘बिग बोस १९’ आज ग्रान्ड फिनाले : कसले जित्छ ट्रफी ? « Khabarhub

‘बिग बोस १९’ आज ग्रान्ड फिनाले : कसले जित्छ ट्रफी ?


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित रियालिटी शो ‘बिग बोस १९’ आज आफ्नो अन्तिम चरणमा प्रवेश गर्दैछ । रियालिटी शो ‘बिग बोस १९’ का  होस्ट बलिउड सुपरस्टार  सलमान खानले  विजेताको नाम घोषणा गर्ने छ ।

यस वर्षको फिनालेमा ‘शीर्ष ५ प्रतिस्पर्धी’ गौरव खन्ना, अमाल मलिक, तान्या मित्तल, फरहाना भट्ट र प्रणित मोरेबीच आकर्षक र कडा प्रतिस्पर्धा हुनेछ। सामाजिक सञ्जालमा फ्यानहरूले मन पर्ने प्रतिस्पर्धीलाई विजेता बनाउन अपिल गर्दै व्यापक चर्चा गरिरहेका छन् ।

‘बिग बोस १९’ को ग्रान्ड फिनाले ७ डिसेम्बर २०२५ मा आयोजना हुँदैछ, जहाँ दर्शकहरूले बहुप्रतीक्षित अन्तिम परिणाम हेर्न सक्नेछन्। फिनालेको लाइभ स्ट्रिमिङ जियो सिनेमा र डिज्नी+ मा उपलब्ध हुनेछ भने टेलिभिजन दर्शकहरूले कलर्स टिभीमा राति १०:३० बजेदेखि प्रसारण हेर्न सक्नेछन् । 

यो सिजन २४ अगस्ट २०२५ मा १८ जना प्रतिस्पर्धीसहित सुरु भएको थियो र अब अन्तिम चरणमा पाँच प्रतिस्पर्धी मात्र बाँकी रहँदा प्रतिस्पर्धा झनै रोचक बनेको छ।

यस वर्षको पुरस्कार राशि औपचारिक रूपमा घोषणा गरिएको छैन। अघिल्ला सिजनहरू हेर्दा विजेताले करिब ५० देखि ५५ लाख भारतीय रुपैयाँसहित ट्रफी प्राप्त गर्दै आएका छन्, त्यसैले फ्यानहरू यस वर्ष पनि यस्तै पुरस्कार हुने अनुमान गरिरहेका छन्।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  १२ : ३७ बजे

युद्धका कारण : कतारमा हुने स्पेन र अर्जेन्टिनाबीचको भिडन्त रोकियो

काठमाडौँ – युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

अर्घाखाँची– डिभिजन वन कार्यालयले अर्घाखाँचीस्थित वन डढेलो नियन्त्रण तथा डढेलोबाट

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन– चितवनस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका शैक्षिक

फिल्मको व्यापार चौपट, स्टारहरूकै बिजोग

काठमाडौं – २०८२ सालको फागुन अन्तिमसम्म आइपुग्दा यस वर्ष करिब

स्वरोजगारका लागि सीपमूलक तालिम

कञ्चनपुर– स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले १३३