बर्दिया घटनामा सरकारको चासो : छानबिन गर्न गृहले बनायो समिति « Khabarhub

बर्दिया घटनामा सरकारको चासो : छानबिन गर्न गृहले बनायो समिति


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले बर्दियाको बढैयाताल-४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या रोज्न बाध्य भएको भनिएको घटनाको छानबिनका लागि समिति बनाएको छ।

गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटनाको बारेमा सर्वत्र चासो र चिन्ता प्रकट भएपछि मन्त्रालयको पनि गम्भीर ध्यानाकर्षण भनेको जनाउँदै मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णयबाट समिति बनाइएको हो ।

सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो । 

समितिलाई घटनाको निष्पक्ष र सत्य तथ्य रुपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्ने गरी समितिलाई आदेश दिइएको छ ।

यसै घटनाको सत्य तथ्य बुझ्न भन्दै प्रधानमन्त्री सुशीला कार्कीले पनि गृहमन्त्री अर्याललाई निर्देशन दिएकी थिइन् ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  १ : ५४ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग