बुवाको शोकमा रहेका बालेनलाई भेटेर फर्किइन् प्रधानमन्त्री « Khabarhub

बुवाको शोकमा रहेका बालेनलाई भेटेर फर्किइन् प्रधानमन्त्री


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुवा रामनारायण साहको निधनपछि शोकमा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई भेटेर प्रधानमन्त्री सुशीला कार्की सिंहदरबार फर्किएकी छन् ।

बालेन्द्रको सिनमंगल-गैह्रीगाउँस्थित निवासमा आइतबार दिउँसो २ बजे पुगेकी उनले परिवारजनलाई समवेदना प्रकट गरेर सिंहदबार फर्किएकी हुन् ।

जेन-जी आन्दोलनपछि बालेनकै बलमा प्रधानमन्त्री बनेकी कार्की फागुन २१ मा चुनाव गराउने पक्षमा छिन् । उता बालेनले भदौ २३ गतेको दमनका दोषीहरूलाई पक्राउ र कारबाही गर्न सुधन गुरुङहरूमार्फत् निरन्तर दबाब दिइरहेका छन् ।

बालेनका बुवा रामनारायणको मंसिर १५ गते नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा निधन भएको थियो । रामनारयणको पुर्ख्यौली थलो महोत्तरी हो ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  २ : ५४ बजे

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६