कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा खण्ड कालोपत्र सुरु « Khabarhub

कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा खण्ड कालोपत्र सुरु


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

गलकोट– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्डको मालढुङ्गा–बलेवा खण्डमा कालोपत्र सुरु भएको छ । 

कालीगण्डकी करिडोरको बागलुङस्थित मालढुङ्गा–बलेवा खण्डको  १० किमि सडक कालोपत्रका लागि थापिएको सम्झौता मिति सकिनै लाग्दा काम सुरु भएको छ । 

अहिले बलेवा विमानस्थलबाट मालढुङ्गातर्फ र मालढुङ्गाको चेकपोष्टदेखि काठेखोलाको पुलतर्फ कालोपत्र गर्न थालिएको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका इन्जिनियर पिपुल गौतमले जानकारी दिए । 

उनले मङ्सिरसम्म कालोपत्रको काम गरिने र बाँकी सडक जाडो सकिएपछि फागुनबाट थालिने गरी मालढुङ्गाबाट कालोपत्रको काम शुरु गरिएको बताए । 

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्ड तीन वर्षमा कालोपत्रको चरणमा पुगेपनि समस्याग्रस्त क्षेत्रका रुपमा दब्ल्याङ र कालाखोलामा पहिरो पन्छाउनै बाँकी छ । आयोजनाको अहिलेसम्मको कुल प्रगति ७० प्रतिशत पुगेको छ । 

दुई वर्षमा सक्नेगरी खण्ड्का कृष्ण बिएन जेभीसँग सम्झौता गरेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले काम नसकिएको भन्दै एक वर्ष म्याद थपेको थियो । 

थपेको म्याद समेत यही २०८२ मङ्सिर मसान्तमा सकिँदै छ । मङ्सिर मसान्तमा बलेवाको दम्कादेखि विमानस्थलसम्म र मालढुङ्गादेखि दब्ल्याङसम्मको सडक कालोपत्र भइसकने छ भने बाँकी खण्डमा पूर्वाधार सकेर फागुनबाट सबै सडक कालोपत्र गरिने छ ।  

इन्जिनियर गौतमका अनुसार बलेवा–हर्मिचौरको ४४ किलोमिटर सडक सम्झौता अगावै काम सम्पन्न भइसकेको छ भने छोटो खण्डको रुपमा रहेको बलेवा–मालढुङ्गा सडकको १० किमि भने एक पटक म्याद थप गरेपछि कालोपत्रको काम थालिएको हो ।  

‘मङ्सिर मसान्तसम्म तापक्रम पुग्छ, कालोपत्र हुन्छ, त्यसपछिका दुई महिनमा अन्य पूर्वाधार सकिन्छ, चैतसम्म कालोपत्र सक्नेगरी निर्माण व्यवसायीलाई ताकेता गरेका छौँ, मङ्सिरसम्म कार्य प्रगति हेरेर मात्रै म्याद थप हुन्छ, अब एकपटक छ महिनालाई म्याद थपे सम्पन्न हुने देखिएको छ’ इन्जिनियर गौतमले भने, ‘कालोपत्रको काम सुरु भएकाले म्याद थप गरेर सम्पन्न गछौं ।’

गौतमका अनुसार अनुसार १० किलोमिटर दूरी रहेको उक्त खण्डका लागि रु ५५ करोडमा निर्माण कम्पनीले ठेक्का लिएको थियो । 

पूर्वाधारको काम अन्तिम चरणमा पुर्‍याएर कालोपत्रको काम थालेको निर्माण व्यवसायीका प्रतिनिधि दिनबन्धु काफ्लेले जानकारी दिए । रासस

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ५ : २४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्