‘साधनमाला’ लोकार्पण « Khabarhub

‘साधनमाला’ लोकार्पण


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महायान/ बज्रयान बौद्ध दर्शनको साधनासम्बन्धी महत्त्वपूर्ण ग्रन्थ ‘साधनमाला–१’ को आज यहाँ लोकार्पण गरिएको छ । 

बौद्ध देवदेवीहरुको उत्पत्ति, आह्वान मन्त्र, बीजाक्षर, पूजा विधि, प्रतिमा लक्षण, योग समाधि जस्ता पक्षहरु विस्तृत रुपमा समेटिएको यो पुस्तक पं दिव्यबज्र बज्राचार्यले नेपाल भाषामा अनुवाद गरेका हुन् । 

अनुवाद सम्पन्न भएको ३४ वर्ष पछि यो पुस्तकको बौद्ध विदुषी सुमति बज्राचार्यबाट सम्पादन र दिव्य केसरी परिवारबाट प्रकाशनमा आएको हो । 

साधनमालामा विभिन्न ज्ञात अज्ञात लेखकहरूको ३१२ वटा साधनासम्बन्धी लेखहरू संगृहीत छन् भने आज प्रकाशित पहिलो भागमा १७० वटा साधना समेटिएका छन् । पुस्तक ४६७ पृष्ठको छ । 

उक्त पुस्तकको डा. बज्रराज शाक्य, यज्ञमानपति बज्राचार्य, डा हृदयरत्न बज्राचार्य, डा. सुरेन्द्रमान बज्राचार्य र डा. गौतमवीर बज्राचार्यले संयुक्त रुपमा लोकार्पण गरेका थिए । 

पुस्तकबारे आफ्नो धारणा व्यक्त गर्दै डा. बज्रराज शाक्यले नेवाः समुदायमा प्रचलित नव ग्रन्थ बौद्ध धर्म र दर्शनको सैद्धान्तिक पक्षमा केन्द्रित रहेको र त्यसका साधना तथा अभ्यास ‘साधनमाला’ र ‘क्रिया समुच्चय’ मा समाविष्ट रहेको बताए । 

उनका अनुसार काय, वाक् र चित्तको शुद्धीकरणका लागि बौद्धहरुले अवलम्बन गर्ने धार्मिक विधिविधानको आधारशिला साधनमाला हुन् ।  

अर्का विद्वान यज्ञमानपति बज्राचार्यले बौद्ध साधकहरुका लागि यो पुस्तक गुरुग्रन्थ नै भएको विचार व्यक्त गरे । 

पुस्तकका सम्पादक सुमति बज्राचार्यले आफ्ना पिता दिव्यबज्रद्वारा अनूदित यो पुस्तकले बोधिचित्तको प्रार्थनाका साथसाथै विश्वको समस्त चलअचल धर्म स्वभावैले शून्य र परिशुद्ध छन् भनी साधकले दृढनिश्चय गर्नुपर्ने भन्ने तथ्यलाई हरेक बौद्ध साधनामा स्पष्ट पारिएको बताए । रासस

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ६ : ४३ बजे

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज २ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६