‘साधनमाला’ लोकार्पण « Khabarhub

‘साधनमाला’ लोकार्पण


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महायान/ बज्रयान बौद्ध दर्शनको साधनासम्बन्धी महत्त्वपूर्ण ग्रन्थ ‘साधनमाला–१’ को आज यहाँ लोकार्पण गरिएको छ । 

बौद्ध देवदेवीहरुको उत्पत्ति, आह्वान मन्त्र, बीजाक्षर, पूजा विधि, प्रतिमा लक्षण, योग समाधि जस्ता पक्षहरु विस्तृत रुपमा समेटिएको यो पुस्तक पं दिव्यबज्र बज्राचार्यले नेपाल भाषामा अनुवाद गरेका हुन् । 

अनुवाद सम्पन्न भएको ३४ वर्ष पछि यो पुस्तकको बौद्ध विदुषी सुमति बज्राचार्यबाट सम्पादन र दिव्य केसरी परिवारबाट प्रकाशनमा आएको हो । 

साधनमालामा विभिन्न ज्ञात अज्ञात लेखकहरूको ३१२ वटा साधनासम्बन्धी लेखहरू संगृहीत छन् भने आज प्रकाशित पहिलो भागमा १७० वटा साधना समेटिएका छन् । पुस्तक ४६७ पृष्ठको छ । 

उक्त पुस्तकको डा. बज्रराज शाक्य, यज्ञमानपति बज्राचार्य, डा हृदयरत्न बज्राचार्य, डा. सुरेन्द्रमान बज्राचार्य र डा. गौतमवीर बज्राचार्यले संयुक्त रुपमा लोकार्पण गरेका थिए । 

पुस्तकबारे आफ्नो धारणा व्यक्त गर्दै डा. बज्रराज शाक्यले नेवाः समुदायमा प्रचलित नव ग्रन्थ बौद्ध धर्म र दर्शनको सैद्धान्तिक पक्षमा केन्द्रित रहेको र त्यसका साधना तथा अभ्यास ‘साधनमाला’ र ‘क्रिया समुच्चय’ मा समाविष्ट रहेको बताए । 

उनका अनुसार काय, वाक् र चित्तको शुद्धीकरणका लागि बौद्धहरुले अवलम्बन गर्ने धार्मिक विधिविधानको आधारशिला साधनमाला हुन् ।  

अर्का विद्वान यज्ञमानपति बज्राचार्यले बौद्ध साधकहरुका लागि यो पुस्तक गुरुग्रन्थ नै भएको विचार व्यक्त गरे । 

पुस्तकका सम्पादक सुमति बज्राचार्यले आफ्ना पिता दिव्यबज्रद्वारा अनूदित यो पुस्तकले बोधिचित्तको प्रार्थनाका साथसाथै विश्वको समस्त चलअचल धर्म स्वभावैले शून्य र परिशुद्ध छन् भनी साधकले दृढनिश्चय गर्नुपर्ने भन्ने तथ्यलाई हरेक बौद्ध साधनामा स्पष्ट पारिएको बताए । रासस

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ६ : ४३ बजे

राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका

काठमाडौंमा मौसम खराब, एयर इन्डिया बनारस डाइभर्ट

काठमाडौं– काठमाडौंमा प्रतिकूल मौसमका कारण भारतको नयाँ दिल्लीबाट आउँदै गरेको

काठमाडौंमा ‘महोत्सव तथा बिजनेस एक्स्पो’ सुरु (तस्बिरहरू) 

काठमाडौं– काठमाडौं उद्योग वाणिज्य संघको आयोजना अनुसार बुधबारदेखि भृकुटीमण्डपमा ‘काठमाडौं

जतिसक्दो चाँडो ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेन– युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु  हनुका साथै