मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर « Khabarhub

मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले विवाद समाधानको उपयुक्त विधि मेलमिलाप भएको बताएका छन् ।

उच्च अदालत बार एसोसिएसनले आयोजना गरेको ‘मेलमिलापसम्बन्धी आधारभूत तालिम’को आज समापन समारोहमा उहाँले दुवै पक्षको जीत हुने भएकाले विवाद समाधानमा मेलमिलाप उपयुक्त विधि भएको बताएका हुन् ।

“अदालतबाट विवादमा फैसला हुँदा न्याय पाउनुपर्ने पक्षले न्याय पाएपनि सम्बन्ध सुमधुर हुँदैन”, उनले भने , “मेलमिलापबाट विवाद समाधान भएमा दुवै पक्षबीच सम्बन्ध समधुर हुन्छ, जुन असाध्यै सन्तुष्टिको विषय पनि हो ।”

मेलमिलाप गर्दा मेलमिलापकर्ताको आचरण राम्रो हुनुपर्ने उल्लेख गर्दै मुख्य न्यायाधीश कुँवरले विवादका विषयमा मेलमिलाप गर्दा न्यायोचित हुन्छ कि हुँदैन भन्ने विषयमा गहन अध्ययनपछि निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए ।

न्यायापालिकाको पाचौँ पञ्चवर्षीय रणनीतिक योजनामा मेलमिलाप हुनसक्ने प्रकृतिका मुद्दामध्ये ५० प्रतिशत मेलमिलापमा पठाउने तय गरिएको छ । मेलमिलापमा सर्वोच्च अदालतको सफलता दर २५ प्रतिशत छ भने उच्च अदालत र जिल्ला अदालतमा १६ प्रतिशत रहेको त्यस अवसरमा जानकारी दिइयो ।

उच्च अदालत बार एसोसिएसनका अध्यक्ष विदुरप्रसाद ढुङ्गानाले मेलमिलाप तालिमले विवादमा सफल मेलमिलापकर्ताको भूमिका निर्वाह गर्न मात्रै नभइ बोल्ने र सुन्ने कलाका साथै निष्पक्षता कायम गर्ने कलासमेत विकास हुने बताए । उनले मेलमिलाप विधिको उपयोग गर्दा विवादका दुवै पक्षको जीत हुने भएकाले यो प्रभावकारी माध्यम भएको धारणा राखे ।

तालिमका संयोजक तथा उच्च अदालत बार एसोसिएसनका कोषाध्यक्ष भूपाल बस्नेतले न्याय भनेको सत्यको खोजी भएकाले दुवै पक्षलाई जीत सुनिश्चित माध्यम मेलमिलाप भएको उल्लेख गरे । मेलमिलापकर्तामा थप सीप र ज्ञान विकासमा सहयोग पुग्ने अपेक्षासहित तालिम सञ्चालन गरिएको बताए ।

यही मङ्सिर १४ गतेदेखि सञ्चालन भएको आठदिने आधारभूत तालिमको प्रमुख सतीश शर्मा रहेका थिए भने मेलमिलापसम्बन्धी विषय विज्ञहरूले विविध विषयमा प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ८ : ४८ बजे

छानबिन प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भन्दै अर्को आयोग गठन गर्न नेकपा संयुक्तको माग

काठमाडौं- नेकपा संयुक्तले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनलाई अपूर्ण

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको