मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर « Khabarhub

मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले विवाद समाधानको उपयुक्त विधि मेलमिलाप भएको बताएका छन् ।

उच्च अदालत बार एसोसिएसनले आयोजना गरेको ‘मेलमिलापसम्बन्धी आधारभूत तालिम’को आज समापन समारोहमा उहाँले दुवै पक्षको जीत हुने भएकाले विवाद समाधानमा मेलमिलाप उपयुक्त विधि भएको बताएका हुन् ।

“अदालतबाट विवादमा फैसला हुँदा न्याय पाउनुपर्ने पक्षले न्याय पाएपनि सम्बन्ध सुमधुर हुँदैन”, उनले भने , “मेलमिलापबाट विवाद समाधान भएमा दुवै पक्षबीच सम्बन्ध समधुर हुन्छ, जुन असाध्यै सन्तुष्टिको विषय पनि हो ।”

मेलमिलाप गर्दा मेलमिलापकर्ताको आचरण राम्रो हुनुपर्ने उल्लेख गर्दै मुख्य न्यायाधीश कुँवरले विवादका विषयमा मेलमिलाप गर्दा न्यायोचित हुन्छ कि हुँदैन भन्ने विषयमा गहन अध्ययनपछि निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए ।

न्यायापालिकाको पाचौँ पञ्चवर्षीय रणनीतिक योजनामा मेलमिलाप हुनसक्ने प्रकृतिका मुद्दामध्ये ५० प्रतिशत मेलमिलापमा पठाउने तय गरिएको छ । मेलमिलापमा सर्वोच्च अदालतको सफलता दर २५ प्रतिशत छ भने उच्च अदालत र जिल्ला अदालतमा १६ प्रतिशत रहेको त्यस अवसरमा जानकारी दिइयो ।

उच्च अदालत बार एसोसिएसनका अध्यक्ष विदुरप्रसाद ढुङ्गानाले मेलमिलाप तालिमले विवादमा सफल मेलमिलापकर्ताको भूमिका निर्वाह गर्न मात्रै नभइ बोल्ने र सुन्ने कलाका साथै निष्पक्षता कायम गर्ने कलासमेत विकास हुने बताए । उनले मेलमिलाप विधिको उपयोग गर्दा विवादका दुवै पक्षको जीत हुने भएकाले यो प्रभावकारी माध्यम भएको धारणा राखे ।

तालिमका संयोजक तथा उच्च अदालत बार एसोसिएसनका कोषाध्यक्ष भूपाल बस्नेतले न्याय भनेको सत्यको खोजी भएकाले दुवै पक्षलाई जीत सुनिश्चित माध्यम मेलमिलाप भएको उल्लेख गरे । मेलमिलापकर्तामा थप सीप र ज्ञान विकासमा सहयोग पुग्ने अपेक्षासहित तालिम सञ्चालन गरिएको बताए ।

यही मङ्सिर १४ गतेदेखि सञ्चालन भएको आठदिने आधारभूत तालिमको प्रमुख सतीश शर्मा रहेका थिए भने मेलमिलापसम्बन्धी विषय विज्ञहरूले विविध विषयमा प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ८ : ४८ बजे

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजको मौसम पूर्वानुमान : तराईका अधिकांश भागमा हुस्सु र कुहिरो

काठमाडौं – नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको

सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल

काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ ।