संसद् पुनर्स्थापनालाई लिएर कांग्रेसमा भाँडभैलो, दलको निवेदन सर्वाेच्चमा, महामन्त्री भन्छन्– पार्टीको होइन « Khabarhub

संसद् पुनर्स्थापनालाई लिएर कांग्रेसमा भाँडभैलो, दलको निवेदन सर्वाेच्चमा, महामन्त्री भन्छन्– पार्टीको होइन


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस पनि संसद् पुन: स्थापनाको पक्षमा उभिँदै सर्वाेच्च अदालतमा विघटनविरुद्ध रिट दायर गरेको छ। आइतबार कांग्रेस निर्वाचन समितिका संयोजकसमेत रहेका पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खाँतीले वारेसनामामार्फत रिट सर्वाेच्चमा दायर गरेका हुन्।

नेपाली कांग्रेसका प्रमुख सचेतक र सचेतकको हस्ताक्षरमा संसद् पुन: स्थापनाको मागसहित आइतबार रिट दायर भए पनि महामन्त्री गगनकुमार थापा भने उक्त रिट पार्टीको तर्फबाट नभएको तर्क गर्छन्।

‘सर्वोच्चमा रिट लिएर नेपाली कांग्रेस गएको छैन। संसदीय दल वा केन्द्रीय समितिबाट रिटमा जाने निर्णय भएको छैन,’ थापाले भने, ‘नेपाली कांग्रेसले केन्द्रीय समितिबाट जे निर्णय गरेको छ त्यही नै कार्यान्वयन गर्ने हो।’

तर थापाले त्यसलाई व्यक्तिगत रिट भएको बताउँदै थपे, ‘कांग्रेसको बैठकमा पुनस्र्थापनामा जानुपर्छ भन्ने पनि आवाज आएको थियो। चुनावमा जानुपर्छ भन्ने पनि आवाज आएको थियो। यो त्यही संसद् पुनस्र्थापनामा जानुपर्छ भन्ने पक्षको आवाजको प्रतिनिधित्व हो। निर्वाचनमा जाने हाम्रो निर्णयमा रिटले कुनै फरक पार्दैन । हाम्रो निर्णय कार्यान्वयनमा हामी प्रतिबद्ध छौँ। व्यक्तिगत रूपमा रिट लिएर जाने स्वतन्त्रता सबैलाई छ।’
महामन्त्री थापाले भने रिट नेपाली कांग्रेस पार्टी वा संसदीय दलका तर्फबाट नभएको दोहोर्याए ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ९ : १० बजे

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत