संसद् पुनर्स्थापनालाई लिएर कांग्रेसमा भाँडभैलो, दलको निवेदन सर्वाेच्चमा, महामन्त्री भन्छन्– पार्टीको होइन « Khabarhub

संसद् पुनर्स्थापनालाई लिएर कांग्रेसमा भाँडभैलो, दलको निवेदन सर्वाेच्चमा, महामन्त्री भन्छन्– पार्टीको होइन


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस पनि संसद् पुन: स्थापनाको पक्षमा उभिँदै सर्वाेच्च अदालतमा विघटनविरुद्ध रिट दायर गरेको छ। आइतबार कांग्रेस निर्वाचन समितिका संयोजकसमेत रहेका पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खाँतीले वारेसनामामार्फत रिट सर्वाेच्चमा दायर गरेका हुन्।

नेपाली कांग्रेसका प्रमुख सचेतक र सचेतकको हस्ताक्षरमा संसद् पुन: स्थापनाको मागसहित आइतबार रिट दायर भए पनि महामन्त्री गगनकुमार थापा भने उक्त रिट पार्टीको तर्फबाट नभएको तर्क गर्छन्।

‘सर्वोच्चमा रिट लिएर नेपाली कांग्रेस गएको छैन। संसदीय दल वा केन्द्रीय समितिबाट रिटमा जाने निर्णय भएको छैन,’ थापाले भने, ‘नेपाली कांग्रेसले केन्द्रीय समितिबाट जे निर्णय गरेको छ त्यही नै कार्यान्वयन गर्ने हो।’

तर थापाले त्यसलाई व्यक्तिगत रिट भएको बताउँदै थपे, ‘कांग्रेसको बैठकमा पुनस्र्थापनामा जानुपर्छ भन्ने पनि आवाज आएको थियो। चुनावमा जानुपर्छ भन्ने पनि आवाज आएको थियो। यो त्यही संसद् पुनस्र्थापनामा जानुपर्छ भन्ने पक्षको आवाजको प्रतिनिधित्व हो। निर्वाचनमा जाने हाम्रो निर्णयमा रिटले कुनै फरक पार्दैन । हाम्रो निर्णय कार्यान्वयनमा हामी प्रतिबद्ध छौँ। व्यक्तिगत रूपमा रिट लिएर जाने स्वतन्त्रता सबैलाई छ।’
महामन्त्री थापाले भने रिट नेपाली कांग्रेस पार्टी वा संसदीय दलका तर्फबाट नभएको दोहोर्याए ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ९ : १० बजे

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र