‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन « Khabarhub

‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत असोज ३१ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘जेरी अन टप’ ले शनिबार प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ ।

उक्त चलचित्रले शनिबार काठमाडौँ उपत्यकामा रहेका क्युएफएक्स सिटी स्क्वाएर, रञ्जना सिनेप्लेक्स, वान सिनेमाज नयाँ बानेश्वर र कालीमाटी, एफक्युब चाबहिल र इलाइट सिनेमा इटहरीमा प्रदर्शनको ५१औँ दिन पूरा गरेको उक्त चलचित्रका वितरक करण श्रेष्ठले जानकारी दिए ।

“सगरमाथा आरोहण र प्रेम कथामा आधारित चलचित्रले घरेलु बजारमा राम्रो व्यापार गर्नाका साथै दर्शकको ५१औँ दिनको यात्रा सफलतापूर्वक तय गर्न सफल भएको छ । यो समग्रमा नेपाली चलचित्रकर्मीका लागि सुखद खबर हो । यसको सफलताले विधागत चलचित्र निर्माण गर्न अन्य निर्मातालाई प्रोत्साहन मिलेको छ,” वितरक श्रेष्ठले भने ।

उनका अनुसार चलचित्रले १२ करोडभन्दा बढी रकम घरेलु बजारमा व्यापार ९ग्रस कलेक्सन० गर्न सफल भएको छ । सरोज न्यौपानेले निर्माण गरेको उक्त चलचित्रमा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे, भुवन केसी, उषा खड्गी लगायतका कलाकारले अभिनय गरेका छन् ।

सुयोग गुरुङले निर्देशन गर्नुभएको चलचित्र ‘जेरी अन टप’ यो वर्ष (विसं २०८२) सर्वाधिक व्यापार गर्ने दोस्रो नेपाली चलचित्रसमेत बनेको छ । अभिनेता अनमोल केसीले यो समग्र नेपाली चलचित्र क्षेत्रकै उत्सव भएको बताए ।

“म अहिले नयाँ चलचित्रको छायाङ्कनमा व्यस्त छु, तर पछिल्लो चलचित्रको सफलताले थपेको ऊर्जालाई म शब्दमा व्यक्त गर्न सक्दिनँ । मैले अझै दायित्व बोध गरेर नयाँ काम गर्ने कोसिस गरेको छु । नेपालको सान मानिने सगरमाथाको विषयलाई केन्द्रमा राखेर हामीले प्रेमकथा प्रस्तुत गरेका थियौँ, दर्शकले रुचाउनुभएका कारण आगामी दिनमा अन्य निर्मातालाई पनि प्रकृति र संस्कृतिसँग जोडिएको विषयलाई चलचित्रमा ल्याउन प्रोत्साहन मिल्ने छ”, अभिनेता केसीले भने ।

काठमाडौँका केही चलचित्र भवनमा ‘जेरी अन टप’ आगामी साता पनि प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ९ : ११ बजे

विश्वकपमा दीपेन्द्रको सम्झनायोग्य ब्याटिङ : दुई अर्धशतकसहित सर्वाधिक १६९ रन

काठमाडौं – आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा

निर्वाचन १५ दिन बाँकीः प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह

काठमाडौं – निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज ग्याल्पो ल्होसारको सार्वजनिक बिदा

काठमाडौं – शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल फागुन ६ गते बुधबार फागुन