जनार्दन शर्माको नेतृत्वमा प्रलोपाले बनायो निर्वाचन परिचालन र संवाद समिति « Khabarhub

जनार्दन शर्माको नेतृत्वमा प्रलोपाले बनायो निर्वाचन परिचालन र संवाद समिति


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले जर्नादन शर्माको संयोजकत्वमा निर्वाचन परिचालन तथा वार्ता संवाद समिति गठन गरेको छ ।

प्रलोपाको अध्यक्ष परिषद्की अध्यक्ष दुर्गा सोबको अध्यक्षतामा तीनकुने सुविधानगर, काठमाडौंमा आइतबार बसेको बैठकले शर्माको संयोजकत्वमा सन्तोष परियार, ओजस्वी भट्टराई र मानुषी यामी भट्टराई सदस्य रहने गरी समिति बनाउने निर्णय गरेको सोबले जानकारी दिइन् ।

यस्तै, राम कार्कीको संयोजकत्वमा आगामी केन्द्रीय समितिको बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदन मस्यौदा समिति गठन गरिएको सोबले बताइन्। कार्की संयोजकत्व समितिमा सन्तोष परियार, डा जनक शाह र मोनिका निरौला सदस्य रहनेछन्।

बैठकले जगप्रसाद शर्माको संयोकत्वमा विधान मस्यौदा समिति बनाएको छ। समितिमा कृष्ण प्रसाद शर्मा, जेकेन्द्र श्रेष्ठ, जयराम वाग्ले र रुकसाना कपालीलगायत पाँच सदस्य रहने निर्णय गरेको छ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ९ : २३ बजे

बाढी-पहिरोले बिपी र पृथ्वीराजमार्गसहित देशका प्रमुख सडक खण्ड प्रभावित

काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग

पोखरामा जग्गाको कित्ताकाट खुल्यो

गण्डकी – पोखरा महानगरपालिकाले भू–उपयोग वर्गीकरण गरेसँगै जग्गाको कित्ताकाट खुलेको

काल्भर्ट-लेविन चम्किँदा न्युकासलमाथि लिड्सले गर्‍यो चार गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले न्युकासल युनाइटेडमाथि ४–१

भोटेकोशी बाढीः १३ सय ९५ शव फेला : पाँच हजार अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको

प्रतिनिधिसभाको बैठक बस्दै: के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे