‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल « Khabarhub

‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी’ आन्दोलनका अगुवाले राखेका विषयलाई सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन् । उनले कतिपय सवाल सम्बोधन गर्न पहलकदमी लिइने बताए ।

आज गृह मन्त्रालयमा ‘जेनजी’ अगुवासहित भएको छलफलमा मन्त्री अर्यालले आन्दोलनको जगमा बनेको सरकारले ‘जेनजी’ को भावना प्रतिकूल हुने कुनै निर्णयबारे सोच्नसमेत नसक्ने बताए ।

उनले भने, “जेनजी भाइबहिनीले उठाउनुभएका मागमा हाम्रो ध्यानाकर्षण भइरहेकै छ । मन्त्रालय र मातहतका निकाय अझै बढी जिम्मेवार र सजग ढङ्गबाट प्रस्तुत भइरहेको छ । जायज माग सम्बोधन गर्न हामी सधैँ तयार नै छौँ ।”

मन्त्री अर्यालले भदौ २३ र २४ गतेका घटनालाई सरकारले एउटा ‘लेन्स’बाट मात्र नहेरेको भन्दै सबै पक्षको आवाजअनुसार निष्पक्ष रूपमा काम गरिने स्पष्ट पारे । उनले भने , “सरकारले एकपक्षीय रूपमा मात्रै सुन्नुहुँदैन । सबैका जायज कुरा सुनिरहेका छौँ । सबै नवपुस्तालाई मेरो आग्रह पनि छ, आफूले गल्ती नगरेको भए प्रहरी प्रशासनलाई अनुसन्धानमा सघाएर अघि बढौँ । पक्राउ परेकाहरूका विषयमा सरकारले आवश्यक अनुसन्धान गर्दैछ । त्यसमा को कति निर्दोष छ भन्ने विषयमा अझै सत्यतथ्य बुझेर थप निष्कर्षमा पुग्नेछौँ ।”

‘जेनजी’ युवाहरूले देशैभर आन्दोलनमा उत्रेका कतिपयलाई पक्राउ गरिएको र कतिपयलाई मुद्दा लगाएर जेल चलान गरिएको भन्दै आन्दोलनकर्मीलाई अपराधीकरण नगर्न आग्रह गरेका थिए ।

छलफलमा ‘जेनजी’ अगुवाको तर्फबाट १० जना प्रतिनिधि, महान्यायाधिवक्ता सविता भण्डारी, गृह सचिव रामेश्वर दङ्गाल तथा नेपाल प्रहरी प्रमुख दानबहादुर कार्की र मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका पदाधिकारीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ९ : ५१ बजे

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाया : सर्वेक्षण

लुम्बिनी– लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा

बालाजुमा सडक पिच गर्ने चटारो (तस्बिरहरू)

काठमाडौं– चोकदेखि प्रहरी चौकीसम्मको सम्पूर्ण सडक कालोपत्र सम्पन्न भएको छ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल