लस एन्जलसको भीषण डढेलोले नजिकका बस्तीमा प्रभाव | Khabarhub Khabarhub

लस एन्जलसको भीषण डढेलोले नजिकका बस्तीमा प्रभाव


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

अमेरिका – चिसो आँधीका चपेटामा अमेरिकामा एक दिनपछि नै ठुलो डढेलो समेत लागेको छ। क्यालिफोर्नियाको लस एन्जलसमा ठुलो डढेलो लागेको हो। सो डढेलोका कारण धेरै स्थानका घरमा धुवाँ र मुस्लो देखिएको छ ।

क्यालिफोर्नियाका १० औं लाख मानिस अहिले जोखिममा परेकाले सावधान रहनका लागि अनुरोध गरिएको छ।

सान्टा मोनिका पहाडलगायत प्रशान्त महासारका निकटस्थ क्षेत्र अहिले जोखिममा परेका छन्। १६० किलोमिटर प्रतिघण्टाका गतिमा चलेको हावाले डढेलो फैलन सहयोग गरिरहेको छ। डढेलो ७७० आर्कसम्म फैलिइसकेको छ। केही घण्टा अघिसम्म २० आर्कमा सीमित सो डढेलो धेरै स्थानमा फैलन धेरै समय नै लागेको थिएन।

अहिले त्यहाँ सान्टा आना नामको हावा चलिरहेको छ। सो हावाको बहाव अत्यन्त तेज भएका कारण धुवाँको मुस्लो सहर र बस्तीमा प्रवेश गरेका छन्। जङ्गल नजिकको बाटोमा राखिएका सवारी साधनमा समेत आगो लाग्न थालेका छन्। सहरलाई धुवाको असरबाट मुक्त गराउन अग्नि नियन्त्रक निरन्तर प्रयास गरिरहेका छन्।

अहिले लस एन्जलसका धेरै विद्यालयले आफ्ना विद्यार्थीलाई अर्को विद्यालयमा सारेर राख्न थालेका छन्। जाडोको बिदा सकिएर धमाधम विद्यालय खुल्न थालेको समयमा यो आगलागी भएको हो।

विद्यालयमा अत्यन्त साना विद्यार्थीलाई यसले असर गर्नसक्ने भएका कारण आगो र धुवाँको प्रभावबाट टाढा रहेको स्थानमा लगिएको हो। सान्टा आना सुख्खा हावामा आद्रताको कमी भएका कारण यसले छिटो गतिमा हावालाई लैजान सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ५ : ५१ बजे

सुरक्षा व्यवस्था बुझ्न मधेस जाँदैछन् गृहसहित ३ मन्त्री

काठमाडौँ– सोमबार नेपाल सरकारका तीनमन्त्री र एक सचिव मधेसको सुरक्षा

हायात होटल बन्द गर्ने निर्णयप्रति ट्रेड युनियन समन्वय केन्द्रको आपत्ति

काठमाडौं- काठमाडौंको होटल हायात रिजेन्सी अनिश्चितकालिन बन्द गर्ने निर्णयप्रति संयुक्त

एल क्लासिकोमा रियल म्याड्रिड विजयी, बार्सिलोना स्तब्ध

काठमाडौं – स्पेनको चर्चित फुटबल प्रतिस्पर्धा ‘एल क्लासिको’मा रियल म्याड्रिडले

हिमाली क्षेत्रको यात्रामा निस्कनुअघि मौसमबारे जानकारी लिन अनुरोध

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमाली तथा

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध बिहीबार सुनुवाइ

काठमाडौँ– विभिन्न देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा