अमेरिकामा डढेलो : ३० हजार मानिसलाई सुरक्षित ठाउँमा सार्न निर्देशन « Khabarhub

अमेरिकामा डढेलो : ३० हजार मानिसलाई सुरक्षित ठाउँमा सार्न निर्देशन


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

क्यालिफोर्निया – अमेरिकाको लस एन्जलसमा डढेलोको प्रकोप अझ बढेको छ। १० आर्कबाट सुरु भएको डढेलो बढेर २९ सय आर्कसम्म फैलिएको छ।

अग्नि नियन्त्रण प्रमुख क्रिस्चियन क्रोलीका अनुसार ३० हजार मानिसलाई अन्यत्र सर्न भनिएको छ। १३ हजार भवन अहिले खतरामा छन्।

लाखौँ क्यालिफोर्नियावासी अहिले डढेलोका कारण अत्तालिइरहेका छन्। एन्जलस राष्ट्रिय जङ्गलको छेवैमा रहेको अल्टाडेनाको झाडीबाट भर्खरै आगलागी सुरु भएको छ।

विस्थापित हुनेमा देशका नाम चलेका सेलिब्रेटी समेत छन्। अभिनेता एयुगेन लेभी र जेम्स उड पनि विस्थापित भएका छन्। जङ्गलमा हुरी बतास पनि चलिरहेको जनाइएको छ। ११५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेपछि डढेलोको जोखिम अझ बस्तीसम्म बढेको हो।

यो पनि पढ्नुहोस्
लस एन्जलसको भीषण डढेलोले नजिकका बस्तीमा प्रभाव

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ९ : ३८ बजे

कर्णालीमा नसर्ने रोगबाट बालबालिका प्रभावित बन्दै 

सुर्खेत– कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित

टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘एक घर

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न

एलाइट कप क्रिकेट प्रतियोगिता बुधबारदेखि 

मोरङ– कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल