ऋषिकेशपत्नी अञ्जला कोइराला अदालतमा उपस्थित « Khabarhub

ऋषिकेशपत्नी अञ्जला कोइराला अदालतमा उपस्थित


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्‍जला कोइराला बुधबार अदालतमा हाजिर भएकी छन् ।

प्रहरीको फरार सूचीमा रहेकी अञ्‍जला मोरङ जिल्ला अदालतमा हाजिर भएकी हुन् । कोइरालाविरुद्ध थुनछेक बहस सुरु हुने तयारी भई रहेको अदालत प्रशासनले जनाएको छ ।

मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा तत्कालीन संचालक समिति सदस्य रहेका कारण मुछिएकी कोइरालालाई अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन् ।

सहकारीका अध्यक्ष शम्भु रौनियार, अञ्‍जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष खवास भने ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन् । सोही प्रकरणमा नाम जोडिएकी कोइराला भने बुधबार बिहान अदालत खुल्ने बित्तकै हाजिर भएकी हुन् । ‘
 
सहकारी ठगी प्रकरणमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेकी अञ्‍जला पेशाले शिक्षक हुन् । प्रतिनिधि सभा सार्वजनिक लेखा समिति सभापति पत्नी अञ्‍जला विराटनगरस्थित महेन्द्र रात्री माध्यमिक विद्यालयमा पढाउँछिन्।

अदालतले पक्राउ पुर्जी जारी गरेपछि विद्यालयमा पत्र लेखेर अनुपस्थित रहँदै आएकी छिन् । ‘भर्चुअल’ माध्यमबाट उनका सांसद पति पोखरेलले विद्यालयमा प्रेषित गरेका थिए । 

विद्यालयका प्रधानाध्यापक झंकनाथ पराजुलीले अञ्‍जलाको थप बिदाका लागि लिखित निवेदन आएको र त्यो निवेदन उनका पति पोखरेलमार्फत आएको बताएका थिए ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  १२ : ११ बजे

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह स्वदेश

पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एक जनाको मृत्यु

कर्णाली– अविरल वर्षाका कारण खसेको पहिरोमा परी डोल्पामा एक व्यक्तिको