ऋषिकेशपत्नी अञ्जला कोइराला अदालतमा उपस्थित « Khabarhub

ऋषिकेशपत्नी अञ्जला कोइराला अदालतमा उपस्थित


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्‍जला कोइराला बुधबार अदालतमा हाजिर भएकी छन् ।

प्रहरीको फरार सूचीमा रहेकी अञ्‍जला मोरङ जिल्ला अदालतमा हाजिर भएकी हुन् । कोइरालाविरुद्ध थुनछेक बहस सुरु हुने तयारी भई रहेको अदालत प्रशासनले जनाएको छ ।

मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा तत्कालीन संचालक समिति सदस्य रहेका कारण मुछिएकी कोइरालालाई अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन् ।

सहकारीका अध्यक्ष शम्भु रौनियार, अञ्‍जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष खवास भने ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन् । सोही प्रकरणमा नाम जोडिएकी कोइराला भने बुधबार बिहान अदालत खुल्ने बित्तकै हाजिर भएकी हुन् । ‘
 
सहकारी ठगी प्रकरणमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेकी अञ्‍जला पेशाले शिक्षक हुन् । प्रतिनिधि सभा सार्वजनिक लेखा समिति सभापति पत्नी अञ्‍जला विराटनगरस्थित महेन्द्र रात्री माध्यमिक विद्यालयमा पढाउँछिन्।

अदालतले पक्राउ पुर्जी जारी गरेपछि विद्यालयमा पत्र लेखेर अनुपस्थित रहँदै आएकी छिन् । ‘भर्चुअल’ माध्यमबाट उनका सांसद पति पोखरेलले विद्यालयमा प्रेषित गरेका थिए । 

विद्यालयका प्रधानाध्यापक झंकनाथ पराजुलीले अञ्‍जलाको थप बिदाका लागि लिखित निवेदन आएको र त्यो निवेदन उनका पति पोखरेलमार्फत आएको बताएका थिए ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  १२ : ११ बजे

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

काठमाडौँ- वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना

सरकारलाई मिराजको आग्रह : ‘मध्यरात होइन, दशैँपछि दिउँसै गिरफ्तार गर्नू’

काठमाडौं- जेन-जी अगुवा मिराज ढुंगानाले आफूलाई मध्यरातमा नभई दशैँपछि दिउँसै

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

कायरो- इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा