अनुमति लिएर मात्रै स्वास्थ्य संस्था सञ्चालन गर्न मन्त्रालयको परिपत्र  « Khabarhub

अनुमति लिएर मात्रै स्वास्थ्य संस्था सञ्चालन गर्न मन्त्रालयको परिपत्र 


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै निजी, सहकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थालाई अनिवार्य रूपमा अनुमति लिन र अनुमति लिएकाहरूको नवीकरण बाँकी भए नवीकरण गर्न परिपत्र गरेको छ ।

मन्त्रालयले मंगलबार परिपत्र गर्दै कानुन अनुसार अनुमति र नवीकरण गर्न भनेको हो । कानुन अनुसार अनुमति र नवीकरण नगरेमा कारबाही गर्ने चेतावनी पनि मन्त्रालयले दिएको छ ।

‘स्वास्थ्य संस्थाहरू इजाजत अनुमति नलिई र नवीकरण नगराई संचालन भएका भन्ने गुनासो आएकोले जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ को उपनियम (१) मा कसैले पनि इजाजत पत्र नलिई निजी गैरसरकारी, सहकारी वा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न वा त्यस्तो स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउनु हुँदैन भन्ने व्यवस्था रहेकोले इजाजत पत्र नवीकरण गराएर मात्र स्वास्थ्य संस्था संचालन गर्नुहुन अन्यथा कानून बमोजिम कारबाही हुने ब्यहोरा नेपाल सरकार (सचिवस्तर) को मिति २०६१/०९/२३ को निर्णयअनुसार अनुरोध छ।’ मन्त्रालयद्वारा जारी परिपत्रमा भनिएको छ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  १२ : २४ बजे

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु

काठमाडौं – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक