अनुमति लिएर मात्रै स्वास्थ्य संस्था सञ्चालन गर्न मन्त्रालयको परिपत्र  « Khabarhub

अनुमति लिएर मात्रै स्वास्थ्य संस्था सञ्चालन गर्न मन्त्रालयको परिपत्र 


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै निजी, सहकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थालाई अनिवार्य रूपमा अनुमति लिन र अनुमति लिएकाहरूको नवीकरण बाँकी भए नवीकरण गर्न परिपत्र गरेको छ ।

मन्त्रालयले मंगलबार परिपत्र गर्दै कानुन अनुसार अनुमति र नवीकरण गर्न भनेको हो । कानुन अनुसार अनुमति र नवीकरण नगरेमा कारबाही गर्ने चेतावनी पनि मन्त्रालयले दिएको छ ।

‘स्वास्थ्य संस्थाहरू इजाजत अनुमति नलिई र नवीकरण नगराई संचालन भएका भन्ने गुनासो आएकोले जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ को उपनियम (१) मा कसैले पनि इजाजत पत्र नलिई निजी गैरसरकारी, सहकारी वा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न वा त्यस्तो स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउनु हुँदैन भन्ने व्यवस्था रहेकोले इजाजत पत्र नवीकरण गराएर मात्र स्वास्थ्य संस्था संचालन गर्नुहुन अन्यथा कानून बमोजिम कारबाही हुने ब्यहोरा नेपाल सरकार (सचिवस्तर) को मिति २०६१/०९/२३ को निर्णयअनुसार अनुरोध छ।’ मन्त्रालयद्वारा जारी परिपत्रमा भनिएको छ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  १२ : २४ बजे

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

काठमाडौँ- वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना

सरकारलाई मिराजको आग्रह : ‘मध्यरात होइन, दशैँपछि दिउँसै गिरफ्तार गर्नू’

काठमाडौं- जेन-जी अगुवा मिराज ढुंगानाले आफूलाई मध्यरातमा नभई दशैँपछि दिउँसै

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

कायरो- इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा