भाडाको घरमा अवैध कल सेन्टर र अनलाइन जुवाको अखडा, भारतीयसहित ५३ जना पक्राउ « Khabarhub

भाडाको घरमा अवैध कल सेन्टर र अनलाइन जुवाको अखडा, भारतीयसहित ५३ जना पक्राउ


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अवैध कल सेन्टर सञ्चालनमा संलग्न भएको अभियोगमा दुईजना भारतीय नागरिकसहित ५३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

भारतीय नागरिकहरूले नेपालीको समेत मिलेमतोमा ललितपुर महानगरपालिका-१५ सातदोबाटोस्थित घर भाडा‍मा लिई कल सेन्टर चलाएको खुलेको हो ।

उक्त कल सेन्टरबाट नेपाली युवा युवतीलाई धेरै रकम आम्दानी हुने प्रलोभन देखाएर गैरकानुनी काममा लगाएको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार उनीहरूलाई ल्यापटप ८५ थान, मोबाइल ९६ थान लगायत इलेक्ट्रोनिक्स उपकरणसहित पक्राउ गरिएको छ।

कल सेन्टरबाट सिंघम लोटरी, अन्ना लोटरी, भाउ लोटरी र इण्डसबेट लोटरी लगायत ग्याम्ब्लिङ एप्सहरूको दुरूपयोग गरी डिजिटल वालेटमा रकम जम्मा गर्न लगाएर सट्टाबाजी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए।

पक्राउ परेकामध्ये दुईजना भारतीय नागरिकसमेत सातजनाविरुद्ध सट्टाबाजी गर्न नहुनेसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।

अन्य ४६ जनाविरुद्ध पनि प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता बोगटीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  १ : १२ बजे

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले