डोटीको जङ्गलमा महिलाको शव भेटियो, बाजुरामा भालुको आक्रमणबाट एकजना घाइते « Khabarhub

डोटीको जङ्गलमा महिलाको शव भेटियो, बाजुरामा भालुको आक्रमणबाट एकजना घाइते


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

धनगढी- डोटीको जङ्गलमा एकजना महिलाको शव भेटिएको छ । केआईसिंह गाउँपालिका–६ लामाडाडास्थित जङ्गलमा महिलाको शव भेटिएको हो । डोटी प्रहरीका अनुसार महिलाको परिचय खुलेको छैन ।

ती महिलाको शव मङ्गलबार जङ्गलको खोला दोभानमा दुई ढुङ्गाबीचमा सडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीमलाल भट्टराईले बताए ।

शव कङ्कालका रूपमा परिणत भइसकेको अवस्थामा थियो । कपडा, कपाल, चुरा लगायत पहिरनले महिलाका रुपमा शवको पहिचान गरिएको हो । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटी ल्याइएको छ ।

उता, बाजुरामा भालुको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा खप्तड छेडेदह गाउँपालिका-३ धुर्ताेला निवासी करिब ३५ वर्षीय रणबहादुर रावत छन् । स्याउला बटुल्ने क्रममा उनलाई भालुले आक्रमण गरेको बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

घाइते रावतको टाउको, मुख, छातीमा चोट छ भने बायाँ हात चुँडिएको छ । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । रावतको अछामस्थित बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । प्रहरी र स्थानीयले उनलाई उपचारका लागि बयालपाटा लगेका हुन् ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  १ : ३१ बजे

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

काठमाडौँ- वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना

सरकारलाई मिराजको आग्रह : ‘मध्यरात होइन, दशैँपछि दिउँसै गिरफ्तार गर्नू’

काठमाडौं- जेन-जी अगुवा मिराज ढुंगानाले आफूलाई मध्यरातमा नभई दशैँपछि दिउँसै

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

कायरो- इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा

मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

काठमाडौँ- बडा दशैंको अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले